कहाँ तोकिँदैछ त तपाईँको प्रदेशको राजधानी?



असोज १२,काठमाडौं ।।मंसिरमा चुनाव हुने भइसक्यो तर प्रदेशको राजधानी अहिलेसम्म तोकिएको छैन। प्रदेशको नाम एकताका खुबै ठूलो समस्या जस्तो देखिन्थ्यो। तर वडा नम्बरको हिसाबमा प्रदेशको पनि नम्बर तोकिदिएर त्यो विवादको सुरक्षित अवतरण गराए नेताहरुले। अब प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिन बाँकी छ। नझुक्किनुस् है प्रदेश प्रमुख भन्या मुख्यमन्त्री सरह हैन, भारतको उदाहरण दिने हो भने राज्यपाल (गभर्नर) जस्ता हुन्- प्रदेशका संवैधानिक प्रमुखहरु। राजधानीको विषयमा सरकारले एउटा समिति गठन गरेको थियो। त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको छ।

समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरुमा प्रदेश नम्बर २, ४ र ६ हो।
प्रदेश नम्बर २ मा जनकपुरलाई, प्रदेश नम्बर ४ मा पोखरालाई र प्रदेश नम्बर ६ मा भने सुर्खेतलाई सिफारिश गरिएको छ।
समितिले प्रदेशको राजधानी तोक्न तय गरेका मापदण्ड यस्ता छन्
-भौतिक पूर्वाधार
-यातायातको सुगमता
-प्रशासकीय सुगमता
-भौगोलिक केन्द्र
-ऐतिहासिक महत्व
-सुरक्षाको व्यवस्था
प्रदेश नम्बर १ मा विराटनगर, धनकुटा र इटहरी विकल्पमा छ।
प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौँ बाहेक बनेपा, धुलिखेल र हेटौडा विकल्पमा छ।
प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा छ।
प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा छ।
मेरो संन्सार बाट लिएको

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै