दसैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाइदै

असोज १५,काठमाडौः नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन

 विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।

 असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ। घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो।

आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल केही बढेको छ। टीकाको दिन राजधानीका सडक प्राय: सुनसान थियो।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै