सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

१२ असोज,  बैतडी ।।
 बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।’

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा