दैलेखमा बस दुर्घटना, २२ घाइते, चार जनाको अवस्था गम्भीर

असोज १२, दैलेख ।।
 दैलेखको गुराँस गाउँपालिकाको वडा नम्बर ४ तालपोखरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नम्बरको बस बुधबार साँझ करिब साढे ६ बजे तालपोखरीको अोरालोमा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएकाहरूलार्इ उपचारका लागि सुर्खेत पठाइएको दैलेख प्रहरीले जानकारी दिएको छ । उदय शाही, अंगत शाही, तारा शाही र बस चालक उपेन्द्र शाही गम्भीर घाइते भएको दैलेख प्रहरी प्रमुख सरोज पौडेलले जानकारी दिए ।

पूजापाठका लागि बस रिजर्भ गरेर बाँकेको कोहलपुरबाट सुर्खेत हुँदै दैलेख जाँदै गरेका घरपरिवारका आफन्त चढेको बस दुर्घटना भएको हो । बसमा २२ जना सवार थिए ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा