राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै


असोज १२, काठमाडौं।।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनी ओमान हुँदै बिहीबार साँझ सात ४५ बजे काठमाडौं आइपुग्नेछन् ।

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क गएका थिए । उनले असोज ७ गते महासभालाई सम्वोधन गरेका थिए ।

१ सय ९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराएका थिए । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गरेका थिए । अमेरिकाबाट उनी ओमान प्रस्थान गरेका थिए । ओमानमा पनि बिभिन्न भेटवार्ता गरेर उनी स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई लगायत छन् ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै