पाल्पामा जीप र मोटरसाइकल ठोक्किँदा एक को मृत्यु

१३ असोज, पाल्पा ।।
पाल्पाको रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ग १ ज ५०५२ नंको जीप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान