विजयादशमीको मध्यरात भक्तपुरमा यसरी दौडाइयो सेतो घोडा.......
असोज १५, भक्तपुर ।।
विजयादशमीको मध्यरातमा भक्तपुरमा सेतो घोडाजात्रा मनाइएको छ। सेतो घोडा तलेजु भवानीको वाहनका रूपमा पुजिन्छ। विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायले तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टिका साइत पूजा गरी विर्सजन गरेपछि सतो घोडाजात्रा गर्ने परम्परा छ।
सुरुमा भेडा बलि चढाई सेतो घोडालाई नगरमा डुलाउने चलन रहेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताए। तलेजुको मूलचोकवाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ। जात्राको क्रममा दरवार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दौडाउने चलन छ।

Comments
Post a Comment