प्रेमीको आमाबाबुलाई अपशब्द प्रयोग गर्दाको परिणाम

असोज १५,२०७४, आइतबारमा प्रकशित ।।

आमाले आफूलाई नुहाउन पठाएको रिसमा एक छोराले बञ्चरोले हानेर आमाको नै हत्या गरेका छन् । उनले आमाको शवलाई कपडामा पोको पारेर इनारमा फालिदिएका छन् । दिउँसो घरमा बसिरहेका छोरालाई आमाले नुहाउन पठाइन् तर छोराले मानेन् । आमाले जिद्दी गर्दै गाली गर्न थालेपछि रिसको झोंकमा छोराले आमालाई बञ्चरोले प्रहार गरे ।
प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुधबार दिउँसो भारतको राजस्थानको मुरलीपुरा गाउँमा घटना भएको हो । सूचना पाएपछि प्रहरीले शवलाई पोष्टमार्टमको लागि पठाएको छ र छोरालाई गिरफ्तार गरेको छ । बादामी नामकी ६५ वर्षीया महिलाले आफ्ना छोरा लाखन यादवलाई नुहाउन पठाएकी थिइन् । नमानेपछि उनले गाली गरेकोमा लाखनले बञ्चरोले हिर्काएका हुन् । बादामीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा त्यही बेला एक महिला पुगेकी थिइन् तर लाखनले उनलाई पनि तर्साएर भगाइदिएका छन् । त्यसपछि उनले आमाको लाशलाई तन्नामा पोको पारेर गाउँकै सुख्खा इनारमा फलिदिएका छन् । यस बारेमा हत्या गर्ने लाखनका दाजुले प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले शवलाई इनारबाट निकालेर अस्पताल पठाएको थियो ।-डिसी नेपाल/nepal24news

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान