जव लास भनिएको शरिर घाटबाट अस्पतालमा फर्काइयो

फाइल तस्बिर ;-
असोज १३ चितवन - बिहीबार दिउसो भरतपुर अस्पतलाबाट देवघाटमा लास बोकेर गएका मलामी लाससँगै फर्किए। अस्पतालले मृत घोषणा गरेपछि नवलपरासी हुर्सीकोटकी ६१ वर्षकी नरकुमारी कार्कीलाई अस्पतालले मृत घोषणा गरेपछि सतगतको लागि देवघाटमा पुर्‍याएर जलमा केहीभाग लास डुवाउनु पर्ने संसकार अनुसार कम्मर भन्दा तलको भाग पानीमा डुवाए। यसै क्रममा एक मलामीले नाडी चलेको छ भने। सबैलाई त्यस्तै संका लाग्यो र तत्काल एम्वुलेन्समा हालेर तिनै मलामीले भरतपुर अस्पतालमा ल्याए।मरेको भनिएको व्यक्ति फेरी फर्काईएपछि आश्‍चार्य हुनु स्वभाविकै हो।

अस्पतालले बरिष्ठ चिकित्सकहरु जम्मा पारेर फेरी परिक्षण गर्यो। भेन्टिलेटरमा राखेर ईसिजी गरी आवश्यक परिक्षण गर्दा व्यक्ति मृत भएको पुन: पुष्टि भएको अस्पतालले जनाएको छ। ‘कहिलेकाही चिकित्सकको पनि कमजोरी हुनसक्छ भनेर सिनियर चिकित्सक लगाएर परिक्षण गर्यौ, तर चिकित्सकको कुनै कमजोरी देखिएन’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मसासैनीले बताए।

चितवनका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यका अनुसार राती सुतिरहेका बेला नवलपरासी हुर्सीकोटकी ६१ वर्षकी नरकुमारी कार्कीलाई सर्पले टोक्यो। उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल ल्याईएको थियो। बिहिवार विहान उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो। दिउँसो करिव २ बजेतिर मलामीहरुले सतगतका लागि भन्दै देवघाट लगेका थिए।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै