Posts

Showing posts from September, 2023

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,खाना पकाउने ग्यास सिलिण्डरमा २१५ ले बढ्यो

Image
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।    शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

पूर्व खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वासको आईबिआरडीमा "तिज महोत्सव २०८०" को उदघाटन

Image
कञ्चनपुर , ३० भदौ । पूर्व खानेपानी मन्त्री बिना मगरले पुनर्वासको आईबिआरडी बजारमा "तिज महोत्सव २०८०" को उदघाटन गर्नुभएको छ । कालिका बजार व्यवस्थापन समितीका कार्यवाहक अध्यक्ष सुकमाया मोक्तानको सभापतित्व, पूर्व खानेपानी मन्त्री  बिनामगरको प्रमुख आथित्यमा सम्पन्न सो उदघाटन समारोहमा विशिष्ट अतिथिको आसनमा पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा, उपमेयर भुलियाकुमारी राना हुनुहुन्थ्यो । अतिथिका रुपमा समाजसेवी तथा बुद्धिजिविहरुको उपस्थिति थियोे ।   कार्यक्रममा पूर्वमन्त्री मगरले भलिबल खेलको उदघाटन समेत गर्नुभएको थियोे । तिज पर्वको अवसर पारेर आयोजना गरीएको सो महोत्सव आगामी असोज १ गतेसम्म चल्ने आयोजकले जानकारी गराएका छ्न । महोत्सवमा भलिबल लगायत कबड्डी, कुर्सिचाल, घैटोफोड, भित्र बाहिर, दौड, रस्सी तान्ने खेल सहित नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको कार्यवाहक अध्यक्ष सुकमाया मोक्तानले हाम्रै साझा पत्रिकालाई बताउनुभयो । 

पुनर्वास युवा सञ्जालद्वारा तिज विशेष कार्यक्रमको आयोजना

Image
कञ्चनपुर , ३० भदौ  पुनर्वास युवा सञ्जालले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । पुनर्वास ९ स्थित प्यारातालको पिकनिक स्पटमा सनिवार सो कार्यक्रम भएको हो । यो लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय पुनर्वासका युवाहरूको समूह हो । कोरोना महामारीको समयमा युवाहरूलाई संगठित गरेर समाजसेवा गर्ने उद्देश्यले सो समूह निर्माण गरिएको थियो ।  सामाजिक सञ्जाल फेसबुक ग्रुप मार्फत संगठित पुनर्वास युवा सञ्जालमा हाल साढे सात हजार सदस्य रहेका छन। जसमा पुनर्वासका  हरेक वडामा सक्रिय सदस्यहरुको  टिम रहेको छ ।  कार्यक्रममा फोटो प्रतियोगिता,दर खुवाउने कार्यक्रम तथा नाचगान गरिएको थियोे । हरितालिका तिजको अवसर पारेर गरिएको फोटो प्रतियोगिताका  विजेताहरु र सहभागी सदस्यहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण पनि गरिएको थियोे । प्रतियोगितामा अस्मिता पौडेल, हेमा खनाल र अञ्जली अर्यालले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभएको थियो।  सञ्जालका संयोजक इशा सिंहले आगामी दिनमा यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । उहाँहरुले पुनर्वासका समस्या समाधान गर्न आफुहरु तत्पर रहेको बताउनुभयो । स

पुनर्वासमा कोल्ड स्टोरको निर्माण गरिदै, नगरप्रमुखद्वारा शिलान्यास

Image
कञ्चनपुर ,३० भदौ । पुनर्वासमा कोल्ड स्टोरको निर्माण गरिने भएको छ । शुक्रबार नगरप्रमुख तोयप्रसाद शर्माले सो कोल्ड स्टोर (शीत भण्डार)को शिलान्यास गर्नुभएको छ । पुनर्वास ६ स्थीत टाउन बजारको पुनर्वास सहकारी संस्था लि. को जमिनमा  ५०० मेट्रिक टन भण्डारण क्षमता भएको कोल्ड स्टोर निर्माण हुन लागेको हो । किसानले उत्पादन गरेको तरकारी तथा बिउबिजन लामो समयसम्म सुरक्षित भण्डारण सुविधाको लागि सो कोल्ड स्टोर प्रयोग गरीने बताईएको छ ।   वहुवर्षीय कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिकाको कुल लागत रकम ८ करोड ९९ लाख ८७ हजार १ सय बत्तीस रूपैयाँ को ईबिट मार्फत टेण्डर आह्वान गरीएकोमा जुगल बिल्डर्स कम्पनी काठमाडौं ले ८ करोड २४ लाख ७९ हजार १ सय ८८ रूपैयाँमा आगामी २ वर्षभित्र काम सम्पन्न गर्ने गरि नगरपालिकासंग सम्झौता गरि निर्माण कार्य अगाडि बढाएको छ।  सो शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले पुनर्वासमा कोल्ड स्टोरको निर्माणले  किसानका उत्पादनले उचित मूल्य पाउने, उत्पादन वृद्धि हुने तथा किसानहरुको आयस्तर वृद्धि भई जीवनस्तरमा सुधार आउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Image
काठमाडौं /नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य १८३ रुपैयाँ पर्नेछ । साथै डिजेल र मट्टितेलको मूल्य १७३ रुपैयाँ पर्नेछ ।  

काठमाडौँमा चारजनाको विभत्स हत्या

Image
काठमाडौँ/ काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको विभत्स हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।  गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । उनले भने–‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।’  हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

देशभरका शैक्षिक संस्था असोज ३ देखि बन्द गर्ने शिक्षक महासंघको घोषणा

Image
  काठमाडौं /नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी  शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो। महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक-कर्मचारीलाई धोका दिएको बताइन्। उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दाहरूलाई सम्बोधन गर्न सकेको छैन। ‘अर्कातिर संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि पनि अङ्कुश लगाउन खोजेको छ,साथै यसले आम नेपाली शिक्षक(कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर सङ्कट ल्याउने निश्चित छ, यी सबै समस्याहरूको एकमुष्ट समाधान गर्न नेपाल शिक्षक महासङ्घ कडा आन्दोलनमा जान बाध्य भएको छ, यसै कारण २०८० असो

‘विद्यालय शिक्षा ऐन २०८०’को विरोध कायमै, यी हुन असहमतिका विषयहरु

Image
काठमाडौँ  /लामो रस्साकस्सीका बीच बुधबार ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयक संसद्मा दर्ता भयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसद्मा विधेयक दर्ता गराएको सार्वजनिक भएपछि यसको विरोध सुरू भएको छ ।  विशेष गरी शिक्षक संघ संगठनहरू कडा रूपमा प्रस्तुत हुन थालेका छन् । नेपाल शिक्षक महासंघले त विद्यालय बन्द गर्दै काठमाडौंकेन्द्रीत आन्दोलनको चेतावनी दिइसकेको छ ।   यसअघि मन्त्रिपरिषद्बाट पास भएको विधेयकप्रति चौतर्फी विरोध भएको थियो । त्यसपछि सरकारले पुनः मन्त्रिपरिषद्कै विधायन समितिमा पेश गरेको थियो । उक्त समितिमा छलफलपछि मन्त्रिपरिषद्मा पेश गरिएको थियो । मन्त्रिपरिषद् बैठकले पारित गर्दै मन्त्रालयले संसद्मा दर्ता गराएको हो ।  विरोध आएपछि विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा व्यापक संशोधन गरिएको थियो । यस क्रममा विभिन्न ७५ वटा दफाको ८४ उपदफा संशोधन गरिएको छ । जसमा प्रत्योजित व्यवस्थापनको कारण, प्रत्योजित व्यवस्थापनअन्तर्गत बनाइने कानूनको प्रकृति र सीमा तथा प्रत्योजित व्यवस्थापनबाट पर्न सक्ने प्रभावहरूसमेत उल्लेख गरिएको थियो ।  तर, शिक्षक संगठनह

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधन

Image
काठमाडौँ /नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियोे । राती एक बजे अकस्मात हृदयघात भएपछि बालुवाटारस्थित निवासबाट उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेको थियोे । जहाँ  चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन् । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए । यसैगरी विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए । वि.सं २०५१ मा

लालझाडीका एमाले नेता अमरसिंह रानालाई बलात्कारको आरोप, पार्टीले गर्‍यो निलम्बन

Image
कञ्चनपुर, २१ भदौ । लालझाडीका एमाले नेता अमरसिंह रानालाई बलात्कारको आरोप लागेपछि पार्टीले कार्वाही स्वरुप निलम्बन गरेको छ । नेकपा एमाले लालझाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेता रानालाई निलम्बन गरेको जनाएको छ ।  अध्यक्ष ओमप्रकाश रानाद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा बलात्कार  मुद्दाको किनारा नलागुन्जेलसम्म निलम्बन गरिएको जनाएको छ ।   आरोपी राना एमाले निकट राष्ट्रिय युवा संघ,नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य  हुन । तर सो विज्ञप्तिमा सञ्चार माध्यमहरुमा आएको समाचारहरुको खण्डन गर्दै  आरोपि राना पार्टीको कुनैपनी जिम्मेवारीमा नरहेको र पार्टी सदस्यमात्र रहेको  उल्लेख गरिएको छ ।  एमाले लालझाडीका प्रभावशाली नेता मानिने  रानाले गाउँकै २२ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि  पार्टीले रानालाई कारवाही गरेको हो । लालझाडी गाउँपालिकामा स्थानीय सरकार एमालेको भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाइदिन्छु भन्दै लोभलालसा देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ । 

पुनर्वासमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रिय दिवस सम्पन्न

Image
कञ्चनपुर ,२१ भदौ । पुनर्वासमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रिय दिवस बुधबार सम्पन्न भएको छ । "सामाजिक न्याय र आर्थिक सशक्तीकरण, मानव बेचबिखनको निर्मुलन" मूल नारा सहित पुनर्वास  ६  वडाकार्यालयको आयोजना र  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहकार्यमा आयोजित सो कार्यक्रमको सभाध्यक्षका रुपमा पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा हुनुहुन्थ्यो । त्यसैगरी अतिथिको रुपमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज हेमराज भट्ट, पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष  राजकुमार रायमाझी, समाजसेवी विश्वनाथ विष्ट , शान्ति पुनर्स्थापना केन्द्र कैलालीको प्रतिनिधिका रुपमा आशा न्यौपाने, वडासदस्य ठाकुर अमगाई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा आफ्नो भनाइ राख्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले  मानव वेचबिखन नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयासले सफल हुन सकिने अवस्था नरहेको र यसमा स्थानीय सरोकारवालाहरुको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताउनुभयो । यसकार्यमा प्रहरीलाई सबैको सहयोग अत

सन्त निरंकारी मण्डल पुनर्वासद्वारा नारी सत्संगकार्यक्रमको आयोजना

Image
कञ्चनपुर, २० भदौ । सन्त निरंकारी मण्डल पुनर्वासले जनकबस्तीमा रहेको सत्संग भवनमा बुधबार बिशाल नारि सत्संग आयोजना गरेको छ । हरेक बुधबार नियमित नारि सत्संग हुने गरेकोमा बुधबार श्रीकृष्ण जन्माष्टमीको  अवसर परेकाले विशाल सत्संगको आयोजना गरिएको थियो ।  नजिकिँदै गरेको हरितालिका तिजको पूर्व संध्यामा सजिएर सन्त माता दिदिबहिनीहरूले सत्संगको शोभा बढाएका थिए ।  सतगुरू माता मायादेवी गुरूङको आतिथ्यमा सम्पन्न नारि सत्संगमा आफ्नो विचार राख्दै माता मायादेवी गुरूङले हाम्रो नाता परमात्मासंग जोडिएको कारणले हामीलाई सुखशान्ति भएको र सन्तले थोरै सेवा सुविधामा पनि सन्तोष महसुस गरिरहेको, संसारमा अहिले मानवजाति असन्तुष्टिमा भागाभाग गरिरहेको बताउनुभयो । सत्संग पछि सामुहिक लंगर ( भोज ) संगै तिज गीतमा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो 

सन्त निरंकारी मण्डल पुनर्वासद्वारा नारी सत्संगकार्यक्रमको आयोजना

Image
कञ्चनपुर , २० भदौ । सन्त निरंकारी मण्डल पुनर्वासले जनकबस्तीमा रहेको सत्संग भवनमा बुधबार विशाल नारी सत्संग आयोजना गरेको छ । हरेक बुधबार नियमित नारी सत्संग हुने गरेकोमा बुधबार श्रीकृष्ण जन्माष्टमीको  अवसर परेकाले विशाल सत्संगको आयोजना गरिएको थियो ।  नजिकिँदै गरेको हरितालिका तिजको पूर्व संध्यामा सजिएर सन्त माता दिदिबहिनीहरूले सत्संगको शोभा बढाएका थिए ।  सतगुरू माता मायादेवी गुरूङको आतिथ्यमा सम्पन्न नारी सत्संगमा आफ्नो विचार राख्दै माता मायादेवी गुरूङले हाम्रो नाता परमात्मासंग जोडिएको कारणले हामीलाई सुखशान्ति भएको र सन्तले थोरै सेवा सुविधामा पनि सन्तोष महसुस गरिरहेको, संसारमा अहिले मानवजाति असन्तुष्टिमा भागाभाग गरिरहेको बताउनुभयो । सत्संग पछि सामुहिक लंगर ( भोज ) संगै तिज गीतमा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

शारीरिक सुगठन क्षेत्रमा जमे पत्रकार लामा, एशियन च्याम्पियनसिपमा जिते काँस्य पदक

Image
काठमाडौ , २० भदौ । सुदुरपश्चिममा बसेर लामो समयदेखि पत्रकारीता गरीरहेका पत्रकार रञ्जित लामा शारीरिक सुगठन क्षेत्रमा  जमेका छ्न ।  काठमाडौमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा काँस्य जितेर  सुदूरपश्चिम र सम्पूर्ण नेपाललाई विश्व सामु चिनाउन सफल भएका छ्न । एशियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको व्यवस्थापनमा भएको च्याम्पियनसिपमा पत्रकार लामाले नेपाललाई तृतीय स्थान सहित काँस्य पदक दिलाएका हुन् । लामो समयदेखि पत्रकारितासँगै शारीरिक सुगठनमा प्रशिक्षकको रुपमा पहिचान बनाएका  लामाले प्रतियोगितामा सहभागी १७ ओटा राष्ट्रहरुका प्रतिस्पर्धीका बीच काँस्य पदक विजेता बनेका थिए । शारीरिक सुगठनको पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित १७ ओटा राष्ट्रहरु  भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, कजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनाम लगायतका देशहर

पुनर्वासमा विकृति विसंगति नियन्त्रण र व्यवस्थापन समितिको बैठक सम्पन्न

Image
कञ्चनपुर , २० भदौ । पुनर्वासमा  मदिरा, लागुऔषध, विकृती विसङ्गती र डि.जे. नियन्त्रण र व्यवस्थापन  समितिको बैठक सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष नरबहादुर बि.क.को अध्यक्षतामा बसेको बैठकले मंगलबार वडानम्बर ९ भित्रका समाजसेवी र करिब साठी जना व्यवसायीहरु सङ्ग छलफल गरि सबैको राय सुझाव लिएको छ । पुनर्वास वडानम्बर ९ मा समस्याको रुपमा देखिएको मदिरा सेवन, लागुऔषध सेवन,डि.जे. बजाएर होहल्ला गर्ने लगायतका विकृती विसङ्गती नियन्त्रण गर्न गत भदौ ५ गतेका दिन  वडाध्यक्ष  नरबहादुर बि.क. को अध्यक्षतामा २३ सदस्यीय मदिरा, लागुऔसध, विकृती विसङ्गती र डि.जे. नियन्त्रण र व्यवस्थापन सम्बन्धि समितीको गठन गरेको थियोे  ।  बैठकले नीति निर्माण गरि आगामी भदौ २४ गते सम्पुर्ण वडाका वडाध्यक्षहरु,मेयर,उप-मेयर, माननीयहरु र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरि सार्वजनिक गर्ने तयारी भईरहेको छ । त्यसैगरी  भदौ २४ गते पास गरी सार्वजनिक गरिने सम्पुर्ण ऐन नियमहरु भदौ २५ गते देखि लागु गरिने समितिका सदस्य ईश्वर बुढाले हाम्रै साझा पत्रिकालाई जानकारी गराएका छ्न ।

पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता सन्तोष अवस्थी सम्मानित

Image
कञ्चनपुर , २० भाद्र । पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता सन्तोष अवस्थी सम्मानित भएका छ्न । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा भएको एक भव्य कार्यक्रममा पुनर्वास २ अमरैया निवासी अवस्थीलाई सम्मान गरिएको हो । कार्यक्रम  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा भएको थियो ।  अवस्थीले रक्तदान कार्यक्रम मार्फत मानवीय सेवाको काम गरिरहेको  सम्मान पत्रमा उल्लेख छ । अवस्थी नेपाल स्वयंसेवी रक्तदाता समाजका सक्रिय  सदस्य हुन । उनी आफैले अठार  चोटि रक्तदान गरीसकेका छ्न भने  र दुई चोटि रक्तदान कार्यक्रम सञ्चालन गरीसकेका छ्न । त्यसैगरी उनले एकसय अठार जनालाई रगत उपलब्ध गराईसकेका छ्न । त्यसैगरी रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र भावनाका साथ रगत उपलब्ध गराउन हरदम तयार हुने गरेका छ्न ।   पुनर्वास ३ स्थित द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक समेत रहेका अवस्थीलाई उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरीएको नेरेसो कैलालीले जनाएको छ ।

पुनर्वासमा अटोको ठक्करबाट व्यवसायी लक्ष्मण थापाको आमाको मृत्यु

Image
कञ्चनपुर ,२० भाद्र   पुनर्वासमा अटोको ठक्करबाट व्यवसायी लक्ष्मण थापाको आमाको मृत्यु भएको छ ।  मंगलबार  पुनर्वास नगरपालिका–६, प्रतिभानगर निवासी  ८५ वर्षिया ठलीदेवी थापालाई बाटोमा पैदल  हिडिरहेको बेलामा अटोले ठक्कर दिएको थियोे । ठक्कर दिने  सु.प.प्र–००१ ह. ४०१६ नम्बरको अटो र चालक पुनर्वास नगरपालिका–८ निवासी ३२ वर्षिय केशवराज ओझा प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक भट्टले बताउनुभयो । मृतक थापा पुनर्वास उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी लक्ष्मण थापा र पुनर्वास उद्योग वाणिज्य संघका पूर्व काेषाध्यक्ष चित्रबहादुर थापाको आमा हुनुहुन्छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले दुर्घटनामा घाईते हुनुभएको थापाको उपचारका क्रममा धनगढीको मायामेट्रो हस्पिटलमा मृत्यु भएको जानकारी दिनुभयो।