पुनर्वासमा अटोको ठक्करबाट व्यवसायी लक्ष्मण थापाको आमाको मृत्यु

कञ्चनपुर,२० भाद्र 
 पुनर्वासमा अटोको ठक्करबाट व्यवसायी लक्ष्मण थापाको आमाको मृत्यु भएको छ । 
मंगलबार  पुनर्वास नगरपालिका–६, प्रतिभानगर निवासी  ८५ वर्षिया ठलीदेवी थापालाई बाटोमा पैदल  हिडिरहेको बेलामा अटोले ठक्कर दिएको थियोे ।
ठक्कर दिने  सु.प.प्र–००१ ह. ४०१६ नम्बरको अटो र चालक पुनर्वास नगरपालिका–८ निवासी ३२ वर्षिय केशवराज ओझा प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक भट्टले बताउनुभयो ।
मृतक थापा पुनर्वास उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी लक्ष्मण थापा र पुनर्वास उद्योग वाणिज्य संघका पूर्व काेषाध्यक्ष चित्रबहादुर थापाको आमा हुनुहुन्छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले दुर्घटनामा घाईते हुनुभएको थापाको उपचारका क्रममा धनगढीको मायामेट्रो हस्पिटलमा मृत्यु भएको जानकारी दिनुभयो।

Comments