लालझाडीका एमाले नेता अमरसिंह रानालाई बलात्कारको आरोप, पार्टीले गर्‍यो निलम्बन

कञ्चनपुर, २१ भदौ ।
लालझाडीका एमाले नेता अमरसिंह रानालाई बलात्कारको आरोप लागेपछि पार्टीले कार्वाही स्वरुप निलम्बन गरेको छ । नेकपा एमाले लालझाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेता रानालाई निलम्बन गरेको जनाएको छ ।  अध्यक्ष ओमप्रकाश रानाद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा बलात्कार  मुद्दाको किनारा नलागुन्जेलसम्म निलम्बन गरिएको जनाएको छ ।  
आरोपी राना एमाले निकट राष्ट्रिय युवा संघ,नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य  हुन । तर सो
विज्ञप्तिमा सञ्चार माध्यमहरुमा आएको समाचारहरुको खण्डन गर्दै 
आरोपि राना पार्टीको कुनैपनी जिम्मेवारीमा नरहेको र पार्टी सदस्यमात्र रहेको  उल्लेख गरिएको छ ।
 एमाले लालझाडीका प्रभावशाली नेता मानिने  रानाले गाउँकै २२ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि  पार्टीले रानालाई कारवाही गरेको हो ।
लालझाडी गाउँपालिकामा स्थानीय सरकार एमालेको भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाइदिन्छु भन्दै लोभलालसा देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ । 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै