सन्त निरंकारी मण्डल पुनर्वासद्वारा नारी सत्संगकार्यक्रमको आयोजना


कञ्चनपुर, २० भदौ ।
सन्त निरंकारी मण्डल पुनर्वासले जनकबस्तीमा रहेको सत्संग भवनमा बुधबार विशाल नारी सत्संग आयोजना गरेको छ ।
हरेक बुधबार नियमित नारी सत्संग हुने गरेकोमा बुधबार श्रीकृष्ण जन्माष्टमीको  अवसर परेकाले विशाल सत्संगको आयोजना गरिएको थियो । 
नजिकिँदै गरेको हरितालिका तिजको पूर्व संध्यामा सजिएर सन्त माता दिदिबहिनीहरूले सत्संगको शोभा बढाएका थिए । 
सतगुरू माता मायादेवी गुरूङको आतिथ्यमा सम्पन्न नारी सत्संगमा आफ्नो विचार राख्दै माता मायादेवी गुरूङले हाम्रो नाता परमात्मासंग जोडिएको कारणले हामीलाई सुखशान्ति भएको र सन्तले थोरै सेवा सुविधामा पनि सन्तोष महसुस गरिरहेको, संसारमा अहिले मानवजाति असन्तुष्टिमा भागाभाग गरिरहेको बताउनुभयो ।
सत्संग पछि सामुहिक लंगर ( भोज ) संगै तिज गीतमा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा