पुनर्वासमा कोल्ड स्टोरको निर्माण गरिदै, नगरप्रमुखद्वारा शिलान्यास

कञ्चनपुर,३० भदौ ।
पुनर्वासमा कोल्ड स्टोरको निर्माण गरिने भएको छ । शुक्रबार नगरप्रमुख तोयप्रसाद शर्माले सो कोल्ड स्टोर (शीत भण्डार)को शिलान्यास गर्नुभएको छ ।
पुनर्वास ६ स्थीत टाउन बजारको पुनर्वास सहकारी संस्था लि. को जमिनमा
 ५०० मेट्रिक टन भण्डारण क्षमता भएको कोल्ड स्टोर निर्माण हुन लागेको हो ।
किसानले उत्पादन गरेको तरकारी तथा बिउबिजन लामो समयसम्म सुरक्षित भण्डारण सुविधाको लागि सो कोल्ड स्टोर प्रयोग गरीने बताईएको छ ।
  वहुवर्षीय कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिकाको कुल लागत रकम ८ करोड ९९ लाख ८७ हजार १ सय बत्तीस रूपैयाँ को ईबिट मार्फत टेण्डर आह्वान गरीएकोमा जुगल बिल्डर्स कम्पनी काठमाडौं ले ८ करोड २४ लाख ७९ हजार १ सय ८८ रूपैयाँमा आगामी २ वर्षभित्र काम सम्पन्न गर्ने गरि नगरपालिकासंग सम्झौता गरि निर्माण कार्य अगाडि बढाएको छ।  सो शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले पुनर्वासमा कोल्ड स्टोरको निर्माणले  किसानका उत्पादनले उचित मूल्य पाउने, उत्पादन वृद्धि हुने तथा किसानहरुको आयस्तर वृद्धि भई जीवनस्तरमा सुधार आउने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो।

Comments