पुनर्वास युवा सञ्जालद्वारा तिज विशेष कार्यक्रमको आयोजना


कञ्चनपुर, ३० भदौ 
पुनर्वास युवा सञ्जालले तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । पुनर्वास ९ स्थित प्यारातालको पिकनिक स्पटमा सनिवार सो कार्यक्रम भएको हो । यो लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय पुनर्वासका युवाहरूको समूह हो । कोरोना महामारीको समयमा युवाहरूलाई संगठित गरेर समाजसेवा गर्ने उद्देश्यले सो समूह निर्माण गरिएको थियो ।  सामाजिक सञ्जाल फेसबुक ग्रुप मार्फत संगठित पुनर्वास युवा सञ्जालमा हाल साढे सात हजार सदस्य रहेका छन। जसमा पुनर्वासका  हरेक वडामा सक्रिय सदस्यहरुको  टिम रहेको छ ।
 कार्यक्रममा फोटो प्रतियोगिता,दर खुवाउने कार्यक्रम तथा नाचगान गरिएको थियोे ।
हरितालिका तिजको अवसर पारेर गरिएको फोटो प्रतियोगिताका  विजेताहरु र सहभागी सदस्यहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण पनि गरिएको थियोे । प्रतियोगितामा अस्मिता पौडेल, हेमा खनाल र अञ्जली अर्यालले क्रमश: प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभएको थियो। 
सञ्जालका संयोजक इशा सिंहले आगामी दिनमा यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । उहाँहरुले पुनर्वासका समस्या समाधान गर्न आफुहरु तत्पर रहेको बताउनुभयो । सामाजिक समस्याहरु समाधान गर्न पुनर्वास युवा सञ्जाल जनताको साथमा  रहेको र स्थानीय सरकारसंग सहकार्य गर्दै विकासका काममा सहयोग गर्ने र गलत कामको ध्यानाकर्षण सहित सुझाव दिने बताउनुभयो ।
पुनर्वासका युवाहरूलाई देश र समाज प्रती थप जिम्मेवार बनाउन यस्ता गतिविधि अत्यन्त जरुरी रहेको र यसले युवाहरुलाई चेतनशील बनाएर गलत बाटोमा जाने खतराबाट बचाउने पुनर्वास युवा सञ्जालका संस्थापक यादव सिंहले हाम्रै साझा पत्रिकालाई  बताउनुभयो ।



 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै