पुनर्वासमा विकृति विसंगति नियन्त्रण र व्यवस्थापन समितिको बैठक सम्पन्न


कञ्चनपुर, २० भदौ ।
पुनर्वासमा  मदिरा, लागुऔषध,
विकृती विसङ्गती र डि.जे. नियन्त्रण र व्यवस्थापन  समितिको बैठक सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष नरबहादुर बि.क.को अध्यक्षतामा बसेको बैठकले मंगलबार वडानम्बर ९ भित्रका समाजसेवी र करिब साठी जना व्यवसायीहरु सङ्ग छलफल गरि सबैको राय सुझाव लिएको छ ।
पुनर्वास वडानम्बर ९ मा समस्याको रुपमा देखिएको मदिरा सेवन, लागुऔषध सेवन,डि.जे. बजाएर होहल्ला गर्ने लगायतका
विकृती विसङ्गती नियन्त्रण गर्न गत भदौ ५ गतेका दिन  वडाध्यक्ष  नरबहादुर बि.क. को अध्यक्षतामा २३ सदस्यीय मदिरा, लागुऔसध, विकृती विसङ्गती र डि.जे. नियन्त्रण र व्यवस्थापन सम्बन्धि समितीको गठन गरेको थियोे  । 
बैठकले नीति निर्माण गरि आगामी भदौ २४ गते सम्पुर्ण वडाका वडाध्यक्षहरु,मेयर,उप-मेयर, माननीयहरु र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरि सार्वजनिक गर्ने तयारी भईरहेको छ । त्यसैगरी  भदौ २४ गते पास गरी सार्वजनिक गरिने सम्पुर्ण ऐन नियमहरु भदौ २५ गते देखि लागु गरिने समितिका सदस्य ईश्वर बुढाले हाम्रै साझा पत्रिकालाई जानकारी गराएका छ्न ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा