पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता सन्तोष अवस्थी सम्मानित


कञ्चनपुर, २० भाद्र ।
पुनर्वासका द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक तथा रक्तदाता सन्तोष अवस्थी सम्मानित भएका छ्न ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा भएको एक भव्य कार्यक्रममा पुनर्वास २ अमरैया निवासी अवस्थीलाई सम्मान गरिएको हो । कार्यक्रम  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा भएको थियो ।  अवस्थीले रक्तदान कार्यक्रम मार्फत मानवीय सेवाको काम गरिरहेको  सम्मान पत्रमा उल्लेख छ ।
अवस्थी नेपाल स्वयंसेवी रक्तदाता समाजका सक्रिय  सदस्य हुन । उनी आफैले अठार  चोटि रक्तदान गरीसकेका छ्न भने  र दुई चोटि रक्तदान कार्यक्रम सञ्चालन गरीसकेका छ्न । त्यसैगरी उनले एकसय अठार जनालाई रगत उपलब्ध गराईसकेका छ्न । त्यसैगरी रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने पवित्र भावनाका साथ रगत उपलब्ध गराउन हरदम तयार हुने गरेका छ्न ।   पुनर्वास ३ स्थित द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक समेत रहेका अवस्थीलाई उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरीएको नेरेसो कैलालीले जनाएको छ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै