पुनर्वासमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रिय दिवस सम्पन्न


कञ्चनपुर,२१ भदौ ।
पुनर्वासमा मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं
राष्ट्रिय दिवस बुधबार सम्पन्न भएको छ ।
"सामाजिक न्याय र आर्थिक सशक्तीकरण, मानव बेचबिखनको निर्मुलन" मूल नारा सहित पुनर्वास  ६  वडाकार्यालयको आयोजना र  ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको सहकार्यमा आयोजित सो कार्यक्रमको सभाध्यक्षका रुपमा पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा हुनुहुन्थ्यो । त्यसैगरी अतिथिको रुपमा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज हेमराज भट्ट, पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष  राजकुमार रायमाझी, समाजसेवी विश्वनाथ विष्ट , शान्ति पुनर्स्थापना केन्द्र कैलालीको प्रतिनिधिका रुपमा आशा न्यौपाने, वडासदस्य ठाकुर अमगाई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रममा आफ्नो भनाइ राख्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले  मानव वेचबिखन नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयासले सफल हुन सकिने अवस्था नरहेको र यसमा स्थानीय सरोकारवालाहरुको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताउनुभयो । यसकार्यमा
प्रहरीलाई सबैको सहयोग अत्यन्तै आवश्यक हुने उहाँले जिकिर गर्नुभयो ।
पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रण गर्न नागरिक स्तरबाट प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने कुरामाजोड दिनुभयो  । 
पुनर्वास ६ का वडाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मित्रसिंह लामाले पुनर्वास नगरपालिका वडानम्बर ६ को अधिकांस भुभाग भारतीय सिमासंग जोडिएकोले मानव बेचबिखनका घटनाहरू वृद्धि हुने गरेको बिषयलाई मध्यनजर गरि यसलाई नियन्त्रण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यस समस्या समाधानका  लागि सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी अझ बढी सचेत हुनुपर्ने कुरामा वडाध्यक्ष लामाले जोड दिनुभयो ।
 कार्यक्रमको सञ्चालन वडासचिव सरस्वती बिष्टले गर्नुभएको  थियोे  ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै