Posts

रोजगारीको सिलसिलामा दुबई पुगेका सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा

Image
भदौ १४, चितवन ।। वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा डुबेको छ । अकस्मात् छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवारजन शोकमा परेका छन् । “शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,” बुबा मोती सापकोटाले भन्नुभयो, “आखिर नहुनुपर्ने घटना भएकै रहेछ ।” उहाँका अनुसार छोरा ३६ वर्षका परशुराम सापकोटा दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका थिए । उनकी श्रीमती कल्पना सापकोटा तीन वर्षअघि दुबई काम गर्न गएकी थिइन् । कल्पनाले नै परशुरामको भिसाको व्यवस्था गरिदिएको जनाइएको छ । आफ्नै कोठामा शनिबार दम्पतीनै मृतावस्थामा फेला परेको जानकारी आएको बुबा मोती सापकोटा बताउनुहुन्छ । घटनाको कारण भने खुलेको छैन । प्राप्त जानकारीअनुसार परशुराम झुण्डिएको अवस्थामा फेला परेका छन् । कल्पना भने घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला पारिएको जनाइएको छ । उनीहरुका यहाँ १० र १४ वर्षका दुई छोरा रहेको परिवारले जनाएको छ । हालसम्म उनीहरुको शव नेपाल ल्याइएको छैन ।

तोकियो सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, कुन प्रदेशको कुन ठाउँमा ?

Image
 भदौ १४, काठमाडौं ।। बुधबारदेखि सबै प्रदेशमा एआइजीहरूले कमान्ड सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले सातै प्रदेशमा खटाइएका एआइजीलाई रमाना दिएको छ। प्रदेश नं. २ र ५ मा कहाँ कार्यालय राख्ने टुंगो नलाग्दा एआइजीहरू कार्यक्षेत्रमा गएका थिएनन्। सोमबार गृहले प्रदेश नं. २ को जनकपुर तथा ५ को दाङमा प्रदेश प्रहरीको कार्यालय राख्ने निर्णय गरेपछि एआइजीहरू खटिन लागेका हुन्।  गृहले प्रदेश प्रहरीको कार्यालय राख्ने स्थानको बारेमा निर्णय गरी जानकारी पठाएको प्रहरी प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए। ५ नम्बर प्रदेशमा तुलसीपुरस्थित संघीय प्रहरी इकाईको कार्यालय (पहिलाको अञ्चल प्रहरी कार्यालय) मा प्रदेश प्रहरीको कार्यालय राख्ने तय भएको छ। सोही अनुसार तयारी गरिएको छ। तर २ नम्बर प्रदेशमा एआईजीको कार्यालय र निवास दुवै तय गरिएको छ। एआईजीको गाडी मंगलबार नै पठाइएको छ, तर एआईजी बस्ने ठाउँ भने तय भएको छैन। आफूहरुले प्रदेश प्रहरीको कार्यालयका लागि भाडाको घर खोजेपछि नमिलेको एसएसपी सुभाषचन्द्र चौधरीले बताए। अन्य ५ वटा प्रदेशमा भने पहिला क्षेत्रीय प्रहरी कार्यालय रहेकै ठाउँमा प्रदेश प्रहरीको क...

दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय

Image
भाद्र १४, काठमाडौं ।। प्रदेश नं २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक/दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

आयल निगमको जग्गा खरिदमा डेढ अर्ब घोटाला, पूर्व आपूर्तिमन्त्री समेत तानिए

Image
काठमाडौं , भदौ १४।। नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन्। जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ बराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ। निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन्। निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानी तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ।  निगमले झापा, सर्लाही, चितवन र भैहरवामा ५ अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले बताए। मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन्।

भ्रष्टाचारीले पनि चुनाव लड्न पाउने व्यवस्था गर्न प्रधानमन्त्रीकै दबाब

Image
भदौ १४, २०७४,काठमाडौं ।। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ। अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको स्रोतको दाबी छ।  भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरूले संशोधनको माग गरेका हुन्। सांसदहरूले राखेको संशोधनअनुसार नै निर्वाचन कानुन बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ।  यी हुन् भ्रष्टाचारी नेताको पक्षमा संशोधन दर्ता गर्ने सांसदहरू  राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मिनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, ...

साउदीमा एक नेपालीको मृत्यु

Image
भदौ १३ ,२०७४। रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको ज्यान गएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका-९ झुलाका २४ वर्षका रत्नबहादुर नेपालीको ज्यान गएको हो । १५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा ज्यान गएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।

साउदीमा एक नेपालीको मृत्यु

Image
भदौ १३ ,२०७४। रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको ज्यान गएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका-९ झुलाका २४ वर्षका रत्नबहादुर नेपालीको ज्यान गएको हो ।  १५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा ज्यान गएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो ।  कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।  मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।

मार्क जुकरबर्गको दोस्रो छोरीको नाम ‘अगस्ट’

Image
एजेन्सी, १३ भदौ – सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको दोस्रो सन्तान भएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू र उनकी पत्नी प्रिसिला चानको साथमा छोरीको तस्विर सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन् । एक छोरी (म्याक्स) का पिता जुकरबर्गले अघिल्लो महिना नै आफ्नो दोस्रो सन्तानको आगमनको जानकारी दिएका थिए । उनले आफ्नी दोस्रो छोरीको नाम ‘अगस्ट’ रहेको बताउँदै आफू र पत्नी प्रिसिला उनको आगमनले खुसी रहेको बताएका छन् । जुकरबर्गले छोरीको स्याहारमा २ महिनाको छुट्टि लिदैछन् ।

देउवाको मान, सेनाको अपमान

Image
काठमाडौं, १३ भदौ । नेपालले भारतबाट हातहतियार खरिद गर्दा ६० प्रतिशत अनुदान र ४० प्रतिशत भुक्तानी गर्नुपर्ने सहमति अनुसार नेपालले हतियार खरिद गरेको २ अर्व ४६ करोड ८० लाख भुक्तानी दिनु बाँकी बक्यौता रहेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्रीलाई त्यही बक्यौता मिनाह गरिदिन अनुरोध गरेछन् । त्यसबापत नेपालको सुरक्षामा सँगसँगै हिड्ने प्रस्ताव गरेछन् । नामले शेर, चुमुक्क परेर फर्किए, प्रतिवाद गर्न सकेनन् । यो खबरले नेपाली मन चिसो बनेको छ । नेपाली सेनाले आह्वान गर्ने हो भने मिनेटभरमा यो रकम जनताले दिन सक्छन्, यसरी प्रधानमन्त्रीले हात फैलाउनै पर्दैन । नेपाल भारतबीचका अनेकन समस्याहरु छन्, तिनको स्थायी समाधानका अक्किलहरु निकाल्न र खाका बोकेर जान नसकेका प्रधानमन्त्रीले बोधगया गए, जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेका थिए, तर बोधगयाबाट पनि बुद्ध जन्मेका देशका देउवाले केही सिकेजस्तो अनुभूति गर्न पाइएन । नेपालको संविधान संशोधनमा भारतलाई जाहेर गरेकोमा देउवाको ठूलो आलोचना भइरहेको छ । त्यसमाथि सुरक्षा चासोमा देउवाका अल्लारे वार्ताले उनको क्षमतामा नै प्रश्नचिन्त्ह उठेको छ । दुई प्र...

बैतडीमा चितुवा मार्न प्रहरी परिचालन

Image
१३ भदौ,बैतडी।। बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका प्रहरी कार्यालयबाट गएको टोलीले आक्रमणकारी चितुवाको खोजी सुरु गरेकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । उनले भने, “चितुवाले मानवबस्तीमा पसेर मानिसमाथि नै आक्रमण गर्न थालेपछि हातहतियारसहित १७ जनाको प्रहरी टोली खटाइएको छ ।” प्रहरी सहायक निरीक्षक दशरथ भट्टराईको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।  प्रहरीले स्थानीय तहसँग समन्वय गरेर नरभक्षी चितुवा मार्नका लागि प्रयास गरिरहेको छ । गतवर्ष भदौमा पनि चितुवाले लगातार तल्लो सोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिए पछि हतियारसहितका १५ प्रहरी परिचालन गरिएपनि चितुवा मार्न सकेको थिएन । तल्लोस्वराडको साविकको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेवलगायतका ...

फ्रिजमा राखेर डिम्ब सुरक्षित गर्दैछन् चिनियाँ युवती, कारण अचम्म लाग्दो !

Image
भदौ १३, २०७४ ,  मंगलबारमा प्रकाशित !    फाइल तस्बिर :-   साम्यावादी शासन व्यवस्था भएको चीनमा भइरहेको तीव्र आर्थिक विकासले मानिसको जनजीवनमा पारिरहेको प्रभावका घटना पटक पटक सार्वजनिक हुने गरेका छन् ।  चीनका नागरिकले जीवनलाई भन्दा ‘करियर’लाई बढी महत्व दिने गरेकाले देशले पनि आर्थिक प्रगति हासिल गरेको भन्नेहरु पनि धेरै छन् ।  पछिल्लो पटक चिनियाँ युवतीहरुले एउटा अनौठो प्रचल प्रारम्भ गरेका छन्, त्यो हो डिम्ब सुरक्षित गर्ने !  आफ्नो करिअरमा बढी नै ध्यान दिनुपर्ने हुनाले चिनियाँ युवतीहरु विवाह गर्ने उमेरमा पनि काम गरिरहेका छन् । जसका कारण ढल्कँदो उमेरमा आमा बन्न नसक्ने सम्भावना हुन्छ ।  सोही सम्भावनालाई मध्यनजर गरेर उनीहरूले युवा अवस्थामा निस्किएको डिम्बलाई विदेशमा सुरक्षित राख्न थालेका हुन् । चीनको बढ्दो अर्थतन्त्रका कारण कामकाजी व्यक्तिहरूका लागि आम्दानी गर्ने प्रशस्त अवसर उपलब्ध छ । यो मौकाको सदुपयोग गर्दै महिलाहरू अहिले आफ्नो करिअरतर्फ बढी भएका छन् ।  अहिले डिम्बलाई सुरक्षित राख्न चाहने चिनियाँ महिलाहरूको पहिलो रोजाइ अमेरिका भएको छ । चिनियाँ...

गगन थापा गर्जिए – भ्रष्टाचारीले उम्मेदवार बन्न पाउँदैनन्, भ्रष्टाचारीले उम्मेदवार बन्ने पार्टीको धारणा छैन

Image
भदौ १३,चितवन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भ्रष्टाचारीलाई उम्मेदवार बन्न दिने गरी विधेयक संशोधन हुन नदिने बताएका छन् । यहाँ आयोजित गौरीदेवी प्रधानको ८३औँ जन्मोत्सवका अवसरमा ज्येष्ठ अभिनन्दन तथा गौरीदेवी प्रधानको व्यक्तित्व र संस्कृति ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै उनले अदालतले तोकेको समय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने पार्टीको कुनै धारणा नरहेको बताए । संसदमा कुनै पनि विधेयक प्रस्तुत हुँदै गर्दा त्यो विधेयकमाथि संशोधन हाल्ने सांसदको वैयक्तिक अधिकार रहेको भन्दै उनले भने, “जति पनि सांसदले संशोधन हाल्नु भएको छ त्यो नितान्त उहाँहरुको व्यक्तिगत कुरा हो ।” उनले चाँडोभन्दा चाँडो विधेयक पारित गर्नुपर्ने बताए । विधेयकको दफा १३ (ङ) मा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौज्दारी कसुरमा सजाय पाई वा कुनै कसुरमा २० वर्षभन्दा बढीको सजाय पाई त्यस्तो फैसला भएको व्यक्ति निर्वाचनमा उम्मेद्वार हुन अयोग्य मानिने व्यवस्था छ । कार्यक्रममा पूर्...

​गृहराज्यमन्त्रीको डनसँग दोस्ती

Image
भदौ १३,काठमाडौं  । ५० सदस्यीय मन्त्रिपरिषद् बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ रेकर्ड कायम गरेका छन् । अनाबश्यक मन्त्री थपिदा राज्यको फजुल खर्च त छँदै छ, यसले राज्यसंयन्त्रमा कसरी कुशासन बढाउँछ भन्ने उदाहरणसमेत देखिन थालेको छ । गृहमन्त्री जनार्दन शर्मा गुन्डागर्दी नियन्त्रणका लागि निर्देशन दिइरहेका छन्, तर उनका गृहराज्यमन्त्री भने आफ्नो गाडीमा गुन्डागर्दीमा संलग्न व्यक्ति लिएर हिंड्ने गरेका छन् । गृहराज्यमन्त्री भएलगत्तै रामेछापका सांसद श्याम श्रेष्ठ जिल्लामा आफुले जे भन्यो त्यही मान्ने डीएसपी लैजान तल्लीन छन् । त्यो पनि प्रहरीको गुन्डागर्दीको सूचीमा रहेका व्यक्तिको सिफारिसमा । कुनै समय ठमेलमा ठमेल किचन नामक डान्सबार चलाउने नारायण श्रेष्ठको सिफारिसमा उनले जिल्लाका डीएसपीको सरुवा गर्न लागेका छन् । जिल्लाका डीएसपी कुमोध ढुंगेलले नारायण श्रेष्ठलाई सहयोग नगरेपछि उनलाई सरुवा गर्न लागिएको हो । मन्थलीमा अस्पताल चलाएर बसेका नारायण श्रेष्ठ रमेश बाहुनसँग मिलेर पछिल्लो समय गुन्डागर्दीमा संलग्न रहेको बताइन्छ । हाल गृहरँज्यमन्त्री भएका श्याम श्रेष्ठ उनका निकटस्थ व्यक्ति हु...

२४० बाट १६५ मा झर्दा कुन जिल्लामा कति निर्वाचन क्षेत्र? हेर्नुहोस् नक्सामा ...................

Image
भदौ १३, काठमाडौं ।। संविधानअनुसार निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ। २४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम लगभग सकेको हो। आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। सोही निर्वाचनमा नयाँ निर्वाचन क्षेत्रहरु कार्यान्वयनमा आउने छन्। प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र भएको ठाउँमा प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र हुनेछ। संविधानबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा पहिलो प्राथमिकता जनसंख्या र दोस्रो प्राथमिकता भूगोललाई दिइएको छ। यसो गर्दा जनसंख्या नपुगेका जिल्लाहरुलाई पनि कम्तिमा एक निर्वाचन क्षेत्र सुरक्षित गरिएको छ। जसको प्रत्यक्ष लाभ रुकुम जिल्लाले उठाएको छ। रुकुममा पर्याप्त जनसंख्या नभए पनि सरकारले हालै दुई प्रदेशमा परेका रुकुमका भू–भागलाई छुट्टाछुट्टै जिल्लाको मान्यता दिएपछि रुकुममा दुई निर्वाचन क्षेत्र हुने भएको छ। यस्तै टुक्रिएको अर्को जिल्ला नवलपरासीमा दुवैतर्फ दुई-दुई निर्वाचन क्षेत्र रहने छ। यसक्रममा काठमाडौं उपत्यकामा भने...

कोहलपुर–गड्डाचौकी रेल सेवा विस्तारका लागि डिपिआरको कार्य सुरु

Image
   कोहलपुर–सुखड र सुखड–गड्डाचौकी रेल      सेवा निर्माण  कैलाली , १३ भदौ । सरकारले यसै आर्थिक वर्षदेखि कोहलपुर–सुखड र सुखड–गड्डाचौकी रेल सेवा निर्माण र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु गरेको छ । आगामि २० वर्ष भित्र देशभरी चार हजार किलोमिटर रेल संजाल निर्माण गर्ने, सो लक्ष्यलाई पूरा गर्न आगामी १० वर्ष भित्र १५ सय किलोमिटर र आगामी ५ वर्ष भित्र ७५० किलोमिटर रेल संजाल निर्माण गर्ने लक्ष्य सहित भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको रेल विभागले डिपिआर बनाउने कार्य सुरु गरेको हो । यसका लागि रेल विभागले कोहलपुर–सुखडको डिपिआरको जिम्मेवारी चिनको परामर्षदाता कम्पनी चाईना रेलवे सियुयान सर्भे एण्ड डिजाई ग्रुप र नेपालको ईआरएमसी सर्भिस प्रालीलाई झण्डै २५ करोडमा ठेक्का दिएको छ । यस्तै सुखड–गड्डाचौकी सम्मको डिपिआरका लागि पनि कोरियाको परामर्षदाता कम्पनी पियुङ्गवा ईन्जिनियरिङ कन्सलटेन्ट सहित तीन वटा कम्पनीले झण्डै २५ करोडमै ठेक्का लिएका छन । दुबै प्याकेजको डिपिआर यसै साउन देखि लागु हुने गरी १५ महिनाभीत्र बुझाउन भनिएको छ । २०७५ ...

अख्तियार लगाएर कुलमानलाई हटाउने चलखेल

Image
भदौ १३, काठमाडौं ।।  दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन्। गर्त वर्षको भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको हो। लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ। घिसिङ, राजिव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ५ कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोत भनाई छ। प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिपारिक सम्पत्ति विवरण फारम(१३ पाने) भर्न तल्लीन छन्। घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेका हुन्। उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन्। ‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्...

भारतमा भेटियो बगाएको अर्को गैंडा, नेपाल ल्याउन टोली भारत प्रस्थान ...................

Image
भदौ १३, चितवन ।।  बाढीले बगाएर भारत पु¥याएको ६ वटा गैंडाको उद्धार गरेर फर्किएको २ दिन नबित्दै भारतमा फेरि अर्को गैंडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञ सहितको टोली सोमबार बिहानै त्यसतर्फ प्रस्तान गरेको छ।   भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमा भन्दा ५/६ किलोमिटर पर बयस्क गैंडा देखिएको जानकारी दिएपछि सोमबार बिहानै प्राविधिक सहितको टोली भारत प्रस्थान गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञ सहितको टोली भारत गएको हो। यसअघि भदौ १ देखि गैंडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा २ भालेसहित ६ वटा गैंडाको उद्धार गरेको थियो। जसमध्ये ५ गैंडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ। थप गैंडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली फेरि गैंडा देखिएको जानकारी आएपछि उद्धारका लागि गएको हो। निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा. कमल गैंरे तथा निकुञ्जका अधिकार...

सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा १९ करोड स्वाहा

Image
भदौ १३, काठमाडौं ।। सरकारी अधिकारीले जथाभावी विदेश भ्रमण गर्दा गत वर्ष राज्य ढुकुटीको १९ करोड रुपैयाँ खर्च भएको छ। राजनीतिक र प्रशासनिक व्यक्तिहरूले बजेटमा समावेश नै नभएको कार्यक्रममा वैदेशिक भ्रमण गर्दा १८ करोड ९९ लाख ३० हजार रुपैयाँ खर्च भएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार २० मन्त्रालय, मानव अधिकार आयोग, कानुन आयोग, सर्वोच्च अदालत र व्यवस्थापिका संसदका अधिकारीहरू बजेट बाहिरको कार्यक्रममा भ्रमण गर्दा उक्त रकम सकिएको हो।  विदेश भ्रमणमा निजामती कर्मचारीले ३ करोड ४१ लाख ८४ हजार रुपैयाँ सकेका हुन्। १५ करोड ५७ लाख ४९ हजार रुपैयाँ भने राजनीतिक व्यक्तिहरूको भ्रमणमा खर्च भएको हो।  आर्थिक वर्षको सुरुमै हुने बजेट विनियोजनभन्दा बाहिरबाट खर्च हुने गरी विदेश गई बजेट सक्नेमा परराष्ट्र मन्त्रालय अगाडि देखिन्छ। परराष्ट्रले राज्यकोषको ११ करोड ३९ लाख रुपैयाँ सकेको छ। अर्थ मन्त्रालयले भने १ करोड ९० लाख ९७ हजार रुपैयाँ बजेट खर्च गरेको स्रोतको दाबी छ।  ‘बजेट निर्माणकै क्रममा वैदेशिक भ्रमणको कार्यक्रम समेटिएको हुन्छ। त्यो कार्यक्रमभन्दा बाहिर गई झन्डै १९ करोड बजेट गत वर्ष सकिएको हो,’...

प्रदेश नम्बर २ को निर्वाचन: राजपा आउँदा माहोल तात्यो

Image
भदौ १३, बिरगंज ।।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सहभागी हुने भएपछि प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको माहोल तातेको छ। एक सय ३६ स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनलाई आआफ्नो पक्षमा पार्न राजनीतिक दलहरू प्रदेश २ मा केन्द्रित भइसकेका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपालगायत दलका केन्द्रीय नेता सप्तरीबाट पर्सासम्मका आठ जिल्लामा खटिएका छन्। निर्वाचन प्रचारसँगै दलहरू उम्मेदवार छनोटमा लागेका छन्। एमालेलाई पछि पार्न कांग्रेसले यो निर्वाचनलाई ‘जीवन-मरण'का रूपमा लिएको छ। कांग्रेस यसअघिका दुई चरणको निर्वाचनमा एमालेभन्दा ५० सिटले पछि छ। कांग्रेस कम्तीमा एक सय पाँच तह जितेर पहिलो बन्ने दाउमा देखिएको छ। त्यसका लागि आठ जिल्लाका आठ मुख्य सहरमा कांग्रेसले सभा गर्ने भएको छ । आठै सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताए। यही भदौ १५ भित्र उम्मेदवार घोषणा गर्ने तयारी रहेको मन्त्री मन्सुरले सुनाए। ‘अधिकांश तहमा उम्म्मेदवारको टुंगो लागेको छ', उ...

आनन्द बजारको कल्भर्ट एसएसबीले लियो कब्जामा, कुटनैतिक पहल हुन नसक्दा रोकिएन भारतीय ज्यादती, निको हुन सकेन फागुन २६ को घाउ 

Image
 ▉ आनन्दबजारको नाका भएर एसएसबीले हिडडुल गर्न रोक लगाएको छ । ▉ सर्वसाधारणलाई कल्भर्ट माथी उभिन समेत एसएसबीको प्रतिबन्ध छ । ▉ नेपाली उच्चस्तरीय व्यक्तिले सो क्षेत्रको अवलोकन गर्नुपरे एसएसबीको अनुमति चाहिन्छ । भोला तिमल्सिना कञ्चनपुर, भदौ १३     पुनर्वास नगरपालिका–४, आनन्दबजारको समस्या ६ महिना बितिसक्दा पनि सुल्झन सकेको छैन । नेपाली भूमिमा बनेको कल्भर्ट अझैसम्म भारतीय सुरक्षाकर्मीले कब्जामा लिएको छ । गत फागुन २६ गते भारतीयहरुले नेपाली बजारमा आक्रमण गरेपछि निम्तिएको झडपमा भारतीय सुरक्षाकर्मीको गोलीले सहिद गोविन्द गौतमको प्राण चुडेर लग्यो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अन्य खुला नाकाहरुमा निर्बाध आवतजावत गर्न दिएपनी सो यता आनन्दबजार नाका ठप्प छ । किनभने उसले कल्भर्ट आफ्नो भनी दावी गरिरहेको छ । सो कल्भर्ट देखि करिव १५ मिटरको दुरिमा  भारतीय सुरक्षाकर्मीको गोलिबाट सहिद गौतमको सहादत भएको थियो । सो सम्बन्धमा भारतले अहिलेसम्म माफी नमाग्नु, कुनै क्षतिपुर्ती नदिनु र सीमा सर्वे गर्न आएको सर्वेटोलीले नापेको नक्सामा हस्ताक्षर गर्न नमान्नु भारतको हेपाहा प्रवृति हो । ...