आयल निगमको जग्गा खरिदमा डेढ अर्ब घोटाला, पूर्व आपूर्तिमन्त्री समेत तानिए

काठमाडौं , भदौ १४।।
नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्म तानिएका छन्। जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ बराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ।

निगमले खरिद गरेको जग्गामा स्थलगत अध्ययन गरेर फर्किएका सांसद्ले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे जानकारी दिएका हुन्। निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानी तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ।

 निगमले झापा, सर्लाही, चितवन र भैहरवामा ५ अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले बताए। मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन्।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने