अख्तियार लगाएर कुलमानलाई हटाउने चलखेल


भदौ १३, काठमाडौं ।।
 दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन्। गर्त वर्षको भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको हो।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ। घिसिङ, राजिव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ५ कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोत भनाई छ। प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिपारिक सम्पत्ति विवरण फारम(१३ पाने) भर्न तल्लीन छन्।

घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियारलाई गुहारेका हुन्। उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन्। ‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी बिदामा छन्,’ उनले भने, ‘यसले काममा असर परेको छ।’ माओवादी नेतृत्वको तत्कालीन सरकारले लोडसेडिङ अन्त्य र दिगो विद्युत् विकासलाई गति दिन भन्दै घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी त्यसबेला प्राधिकरणकै ११औं तहमा कार्यरत थिए।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने