साउदीमा एक नेपालीको मृत्यु


भदौ १३ ,२०७४।
रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको ज्यान गएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका-९ झुलाका २४ वर्षका रत्नबहादुर नेपालीको ज्यान गएको हो ।
१५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा ज्यान गएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।
मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने