भारतमा भेटियो बगाएको अर्को गैंडा, नेपाल ल्याउन टोली भारत प्रस्थान ...................

  • भदौ १३, चितवन ।।

 बाढीले बगाएर भारत पु¥याएको ६ वटा गैंडाको उद्धार गरेर फर्किएको २ दिन नबित्दै भारतमा फेरि अर्को गैंडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञ सहितको टोली सोमबार बिहानै त्यसतर्फ प्रस्तान गरेको छ।

  भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमा भन्दा ५/६ किलोमिटर पर बयस्क गैंडा देखिएको जानकारी दिएपछि सोमबार बिहानै प्राविधिक सहितको टोली भारत प्रस्थान गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञ सहितको टोली भारत गएको हो।

यसअघि भदौ १ देखि गैंडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा २ भालेसहित ६ वटा गैंडाको उद्धार गरेको थियो। जसमध्ये ५ गैंडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ। थप गैंडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली फेरि गैंडा देखिएको जानकारी आएपछि उद्धारका लागि गएको हो।

निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा. कमल गैंरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन्।  साउन २८ गते आएको बाढीका कारण चितवन निकुञ्जका २ गैंडा तथा ६ वटा रतुवा मृग र चित्तल मरेको पाइएको निकुञ्जले जनाएको छ। बाढीका कारण निकुञ्जमा झण्डै २ करोडको भौतिक सम्पत्ती क्षति भएको छ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने