रोजगारीको सिलसिलामा दुबई पुगेका सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा

भदौ १४, चितवन ।। वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका परशुराम सापकोटा दम्पतीको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
अकस्मात् छोरा बुहारीको निधनले उनकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवारजन शोकमा परेका छन् ।
“शुरुमा खबर आउँदा नचाहिने कुरा बोल्यो भन्ने भो,” बुबा मोती सापकोटाले भन्नुभयो, “आखिर नहुनुपर्ने घटना भएकै रहेछ ।” उहाँका अनुसार छोरा ३६ वर्षका परशुराम सापकोटा दुई वर्षअघि रोजगारीका लागि कुक हेल्परमा दुबई गएका थिए ।
उनकी श्रीमती कल्पना सापकोटा तीन वर्षअघि दुबई काम गर्न गएकी थिइन् । कल्पनाले नै परशुरामको भिसाको व्यवस्था गरिदिएको जनाइएको छ ।
आफ्नै कोठामा शनिबार दम्पतीनै मृतावस्थामा फेला परेको जानकारी आएको बुबा मोती सापकोटा बताउनुहुन्छ । घटनाको कारण भने खुलेको छैन ।
प्राप्त जानकारीअनुसार परशुराम झुण्डिएको अवस्थामा फेला परेका छन् । कल्पना भने घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला पारिएको जनाइएको छ । उनीहरुका यहाँ १० र १४ वर्षका दुई छोरा रहेको परिवारले जनाएको छ । हालसम्म उनीहरुको शव नेपाल ल्याइएको छैन ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने