कोहलपुर–गड्डाचौकी रेल सेवा विस्तारका लागि डिपिआरको कार्य सुरु
कोहलपुर–सुखड र सुखड–गड्डाचौकी रेल सेवा निर्माण
कैलाली , १३ भदौ ।
सरकारले यसै आर्थिक वर्षदेखि कोहलपुर–सुखड र सुखड–गड्डाचौकी रेल सेवा निर्माण र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु गरेको छ । आगामि २० वर्ष भित्र देशभरी चार हजार किलोमिटर रेल संजाल निर्माण गर्ने, सो लक्ष्यलाई पूरा गर्न आगामी १० वर्ष भित्र १५ सय किलोमिटर र आगामी ५ वर्ष भित्र ७५० किलोमिटर रेल संजाल निर्माण गर्ने लक्ष्य सहित भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको रेल विभागले डिपिआर बनाउने कार्य सुरु गरेको हो ।
यसका लागि रेल विभागले कोहलपुर–सुखडको डिपिआरको जिम्मेवारी चिनको परामर्षदाता कम्पनी चाईना रेलवे सियुयान सर्भे एण्ड डिजाई ग्रुप र नेपालको ईआरएमसी सर्भिस प्रालीलाई झण्डै २५ करोडमा ठेक्का दिएको छ । यस्तै सुखड–गड्डाचौकी सम्मको डिपिआरका लागि पनि कोरियाको परामर्षदाता कम्पनी पियुङ्गवा ईन्जिनियरिङ कन्सलटेन्ट सहित तीन वटा कम्पनीले झण्डै २५ करोडमै ठेक्का लिएका छन ।
दुबै प्याकेजको डिपिआर यसै साउन देखि लागु हुने गरी १५ महिनाभीत्र बुझाउन भनिएको छ । २०७५ सालको असोजभीत्र डिपिआर गर्न सकिए, त्यसपछि रेल लाईन निर्माणको चरण सुरु हुनेछ । सरकारले पुर्वपश्चिम राजमार्गको दक्षिण हुनेगरी मेची–महाकाली रेल सेवा विस्तारको योजना बनाएको छ ।

Comments
Post a Comment