फ्रिजमा राखेर डिम्ब सुरक्षित गर्दैछन् चिनियाँ युवती, कारण अचम्म लाग्दो !

भदौ १३, २०७४ ,  मंगलबारमा प्रकाशित !
  
फाइल तस्बिर :-
 
साम्यावादी शासन व्यवस्था भएको चीनमा भइरहेको तीव्र आर्थिक विकासले मानिसको जनजीवनमा पारिरहेको प्रभावका घटना पटक पटक सार्वजनिक हुने गरेका छन् । 


चीनका नागरिकले जीवनलाई भन्दा ‘करियर’लाई बढी महत्व दिने गरेकाले देशले पनि आर्थिक प्रगति हासिल गरेको भन्नेहरु पनि धेरै छन् । 

पछिल्लो पटक चिनियाँ युवतीहरुले एउटा अनौठो प्रचल प्रारम्भ गरेका छन्, त्यो हो डिम्ब सुरक्षित गर्ने ! 

आफ्नो करिअरमा बढी नै ध्यान दिनुपर्ने हुनाले चिनियाँ युवतीहरु विवाह गर्ने उमेरमा पनि काम गरिरहेका छन् । जसका कारण ढल्कँदो उमेरमा आमा बन्न नसक्ने सम्भावना हुन्छ । 

सोही सम्भावनालाई मध्यनजर गरेर उनीहरूले युवा अवस्थामा निस्किएको डिम्बलाई विदेशमा सुरक्षित राख्न थालेका हुन् ।

चीनको बढ्दो अर्थतन्त्रका कारण कामकाजी व्यक्तिहरूका लागि आम्दानी गर्ने प्रशस्त अवसर उपलब्ध छ । यो मौकाको सदुपयोग गर्दै महिलाहरू अहिले आफ्नो करिअरतर्फ बढी भएका छन् । 

अहिले डिम्बलाई सुरक्षित राख्न चाहने चिनियाँ महिलाहरूको पहिलो रोजाइ अमेरिका भएको छ ।

चिनियाँ युवतीहरु डिम्ब सुरक्षित राखेको शुल्क सजिलै तिर्न सक्ने बताउँछन् । भविष्यमा सन्तानको आवश्यकता महसुस भयो भने त्यही युवा अवस्थाको सुरक्षित डिम्बबाट सन्तान जन्माउन सहज हुने चिनियाँ युवतीहरुको भनाइ छ ।
लोकान्तरबाट

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने