दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय

भाद्र १४, काठमाडौं ।।
प्रदेश नं २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक/दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् ।

आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

निर्वाचन आयोगले २१ भदौमा उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, भदौ २४ मा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने