Posts

आजको राशिफल/आज वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार

Image
वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो ०२:५० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, फाल्गुन कृष्णपक्षको एकादशी तिथि, बिहान ०६:३३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मध्यरात्रीपछि ०४:२१ बजेसम्म, अन्तिममा त्रयोदशी तिथि (तिथि टुटेको दिन), पूर्वाषाढा नक्षत्र, बिहान ०७:२८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०५:५९ बजेसम्म, अन्तिममा श्रवण नक्षत्र (नक्षत्र टुटेको दिन)  चन्द्रमा धनु राशिमा, दिउँसो ०१:०६ बजेसम्म, त्यसपछि मकर राशिमा, व्यतिपात योग, साँझ ०४:४० बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बालब करण बिहान ०६:३३ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०५:२८ बजेसम्म, अन्तिममा तैतिल कर...

आजकाे राशिफल/आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार

Image
आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, चन्द्रास्त : दिउँसो ०१:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो ११:२० बजेसम्म, त्यसपछि दशमी तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि धनु राशिमा, वज्र योग, बेलुका १०:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण दिउँसो ११:२० बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:०७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो (दिउँसो १०:४८ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (दिउँसो १०:४८ बजेसम्म)...

पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द

Image
कञ्चनपुर , माघ १ । कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य ...

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडी गाउँपालिकामा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

Image
  काठमाडौं /आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्या...

भाईरल भिडियोमा ठेला खोसिएकी मञ्जु को हुन ?

Image
काठमाडौं : हिजोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नगर प्रहरीहरु सडकबाट जवरजस्ती केही रित्ता ठेला र फलफूल बोकेको साइकल उठाएर गाडीमा हालिरहेको देख्न सकिन्छ। त्यही भिडियोमा केही मानिसहरु नगर प्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्, 'छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिबलाई गरिखान नदिने है?'  नगर प्रहरीले पेट पाल्ने साथी आफ्नो ठेला खोसेर लगेपछि त्यही भिडियोमा एकजना महिला गहभरि आँसु पार्दै गरेको देखिन्छिन्। गहका आँसु पुछ्दै उनी नगर प्रहरीसँग बिलौना गरिरहेकी हुन्छिन्। तर उनको आँसु र रुवाइले नगर प्रहरीलाई छुँदैन। जबरजस्ती उनको ठेलासहितका सामान नगर प्रहरीले मिनी ट्रकमा हालेर लैजान्छन्।  हेर्दा हेर्दै गरिखाने भाँडो लुटिएपछि ती महिला भक्कानिँदै केही भन्न खोज्छिन्, तर उनको बोली फुट्दैन अनि दुई हातले आँसु पुछ्न थाल्छिन्। ‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कुरा ! घरमा राखेको ठेला पनि किन समातेको?’ उनले बोलेको यति मात्रै बुझिन्छ। ठेला खोसिएपछि रोइरहेकी ती महिलालाई कसैले ढाडस दिएको सुनिन्छ, ...

आजको राशिफल/आज २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइको आजको राशिफल

Image
 २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइँको आजको राशिफल मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्ने छैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ । वृष : वृष राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज आशानै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय र...

कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४ पुग्यो

Image
कैलाली । कैलालीमा थप १ जनाको कोरोना भाईरसको संक्रमण बाट मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । यो संगै कैलालीमा कोरोना भाईरसको संक्रमण्म बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ । अस्पतालको आइसियू कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । फाइल तस्वीर :

पुनर्वासमा आगलागी

Image
पुनर्वास,६ जेठ । पुनर्वासमा गोठमा आगलागी भएको छ ।मंगलबार दिउँसो करिब २ बजेतिर पुनर्वास नगरपालिका ४ घ (गाउँ) का गोरे सुनारको घरमा कुडो पकाउने क्रममा गोठमा आगलागी भएको हो । गोठ नजिकै कुडो पकाउने क्रममा हावाहुरीले आगो उडाएर गोठमा आगलागी हुँदा एक बाख्रा सहित काठको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए । क्षति विवरण आउन भने बाकी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

कोरोना संक्रमित गुल्मीका शिक्षकको अवस्था चिन्ताजनक

Image
रूपन्देही , ६ जेठ । कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । वैशाख २५ देखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । सुरुमा जन्डिस भएको भन्दै उपचार गराए पनि सुधार नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिक हुँदै जेठ १ गते क्रिमसन अस्पताल आएका थिए । अस्पताल स्रोतका अनुसार उनलाई सुरुदेखि नै आईसीयूमा राखिएकोमा आइतबारबाट अवस्था थप चिन्ताजनक भएको हो । जेठ २ गते कोरोना संक्रमणको आशंकामा भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार संक्रमण पुष्टि भएको थियो । अस्पतालका प्रशासनप्रमुख चन्द्रकान्त पाण्डेले उनको भेन्टिलेटरमै उपचार जारी रहेको बताए । ‘अवस्था गम्भीर नै छ र हिजोदेखि स्थिर छ,’ उनले भने, ‘उपचारका सबै प्रयास जारी राखिएको छ ।’ स्थानीय प्रशासनले सोमबार राति नै अस्पताल सिल गरेको छ । स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई बाहिर निस्कन र नयाँ बिरामीसह...

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

हाम्रै साझा पत्रिका पुनर्वास, भदौ ०४     राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला प...

हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

Image
काठमाडौ/२८ भाद्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै संसद बैठक अवरुद्...

सम्पादकीय / विश्वास जगाउन जरुरी

Image
दिनानुदिन बलात्कार र हत्याका घटनामा भएको वृद्धिले जनमानसमा डर ,अविश्वास र आक्रोश एकसाथ जन्माएको छ । करिब डेढ महिना अघि महेन्द्रनगरमा तेह्र बर्षिया बालिका निर्मला पन्...

गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू

Image
काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।  शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।  प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।  प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।  निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरा...

कञ्चनपुरमा फेरी लाग्यो कर्फ्यु

Image
कञ्चनपुर । कञ्चनपुरमा आज बिहान पाँच घण्टाका लागि खुलाईएको कर्फ्यु पुन जारी भएको छ । झण्डै ३१ घण्टा लामो कर्फ्यू हटेपछि कञ्चनपुरमा बिहान चहलपहल बढेको थियो । दैनिक उपभो...

वडा अध्यक्षले गरे तलवबाट बिद्यालयमा अक्षयकोष स्थापना

Image
सीपी लोहिया,बैतडी भदौ ०४   बैतडीको दशरथचन्द नगरपालिका १  का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट बिद्यालयमा अक्षयकोष स्थापना गरेकाछन् । अध्यक्ष भट्टले केदार आधा...

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

Image
 हाम्रै साझा पत्रिका पुनर्वास, भदौ ०४   राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला पीडितका लागि सहयोग रकम संकलन गरेको छ । संस्थाले पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाउँ निवासी रामकृष्ण ढकालको मृगौला रोगको उपचारार्थ सहयोग रकम जम्मा गरेको हो।   पिपल्स एसोसियसन अफ पुनर्वास(काठमाडौ पुनर्वास समाज) पुर्णतया समाजिक संस्था हो । जसले आफ्नो स्थापना देखि नै निरन्तर रुपमा पुनर्वास र पुनर्वासीहरुको निमित्त काठमाडौंमा रहि साथ र सहयोग गर्दै सक्रियरुपमा अगाडी बढिरहेको छ ।  संस्थाका अध्यक्ष शौरभ शर्माले ‘एक लाख १५ हजारको चेक ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुनर्वास र पुनर्वासीको हक, हित र सहयोगका लागि संस्था सक्रिय रहेको जिकिर गर्नुभयो ।’  ‘संस्थाले सदैव आर्थिक स्थिति कमजोर भएका विरामी तथा पीडितहरुका लागि सहयोग गर्दै पुनर्वास र पुनर्वासीको कल्याणका लागि काम गर्ने उद्देश्य लिएको छ ।’ संस्थाका सचीव पंकज पन्थीले बताउनुभयो । ‘आर्थिक स्थिति कमजोर र...