पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

 हाम्रै साझा पत्रिका
पुनर्वास, भदौ ०४ 
राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला पीडितका लागि सहयोग रकम संकलन गरेको छ । संस्थाले पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाउँ निवासी रामकृष्ण ढकालको मृगौला रोगको उपचारार्थ सहयोग रकम जम्मा गरेको हो। 
 पिपल्स एसोसियसन अफ पुनर्वास(काठमाडौ पुनर्वास समाज) पुर्णतया समाजिक संस्था हो । जसले आफ्नो स्थापना देखि नै निरन्तर रुपमा पुनर्वास र पुनर्वासीहरुको निमित्त काठमाडौंमा रहि साथ र सहयोग गर्दै सक्रियरुपमा अगाडी बढिरहेको छ ।
 संस्थाका अध्यक्ष शौरभ शर्माले ‘एक लाख १५ हजारको चेक ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुनर्वास र पुनर्वासीको हक, हित र सहयोगका लागि संस्था सक्रिय रहेको जिकिर गर्नुभयो ।’

 ‘संस्थाले सदैव आर्थिक स्थिति कमजोर भएका विरामी तथा पीडितहरुका लागि सहयोग गर्दै पुनर्वास र पुनर्वासीको कल्याणका लागि काम गर्ने उद्देश्य लिएको छ ।’ संस्थाका सचीव पंकज पन्थीले बताउनुभयो ।


‘आर्थिक स्थिति कमजोर रहेको उहाँको उपचारका लागि असार ३० गते शनिबारका दिन पीडित परिवारलाई भेटेर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही अनुरुप भदौ ०२ गते विशेष कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका सदस्य कृष्ण दवाडीले बताउनुभयो ।’ उहाँले जापानमा रहनुभएका पुनर्वास वडा ४ का शिव लामिछाने बाट रु. ८०,००० त्यस्तै, वडा ४ का हाल जर्मनीमा रहनु भएका हरि प्रसाद पौडेलद्वारा रु. १५००० त्यस्तै, वडा ४ का हाल काठमाडौं रहनु भएका कृष्ण दवाडीद्वारा रु. १५,००० अनि पिपल्स यसोसियन अफ पुनर्वास समितीद्वारा रु. ५,००० गरि जम्मा रु १,१५,००० जम्मा भएको बताउनुभयो ।  
मृगौला पीडित रामकृष्ण ढकाल विगत केहि महिना अगाडी देखि मृगौला रोगबाट ग्रस्त हुनुहुन्छ । उहाँ हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।


Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै