कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ


 कञ्चनपुर/२७ पुस 
 बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।



Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान