वडा अध्यक्षले गरे तलवबाट बिद्यालयमा अक्षयकोष स्थापना

सीपी लोहिया,बैतडी भदौ ०४

  बैतडीको दशरथचन्द नगरपालिका १  का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट बिद्यालयमा अक्षयकोष स्थापना गरेकाछन् । अध्यक्ष भट्टले केदार आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले आफ्नो तलबबाट ५० हजारको अक्षयकोष स्थापना गरेको अध्यक्ष भट्टले बताए । उनले भने, “हामीले चुनावका बेला जनतासामु बिभिन्न बाचाँहरु ग¥यौँ, धेरैले पुरै तलब जनताकै बस्तीमा खर्च गर्छु भने । मैले पनि बिद्यालयमा अक्षयकोष स्थापना गरौँला भनेको थिए । त्यसै अनुरुप यो कोषको स्थापना गरिएको हो । उनले थपे, यसमा रकम बढाउदैँ लग्छौँ र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नेछाै ।
वडा अध्यक्षले ५० हजारको अक्षयकोष स्थापना गरेपछि विद्यालय परिवार निकै हर्सित भएको  प्रधानाध्यापक देवसिंह ऐरीले बताए । विद्यालयको अक्षयकोषमा जम्मा भएको रकमबाट आएको ब्याजले प्रत्येक बर्ष विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उनले बताए । अध्यक्षले स्थापना गरेको अक्षयकोषले कमै भएपनि विद्यार्थीका लागि सहयोग पुग्ने अभिभावक भीमराज भट्टले बताए । 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा