कञ्चनपुरमा फेरी लाग्यो कर्फ्यु

कञ्चनपुर । कञ्चनपुरमा आज बिहान पाँच घण्टाका लागि खुलाईएको कर्फ्यु पुन जारी भएको छ ।

झण्डै ३१ घण्टा लामो कर्फ्यू हटेपछि कञ्चनपुरमा बिहान चहलपहल बढेको थियो । दैनिक उपभोग्य बस्तु खरिदका लागि सर्वसाधारणको चहलपहल बजार क्षेत्रमा बाक्लो देखिएको थियो भने पर्व मनाउनेको उपस्थिति समेत उल्लेख्य थियो ।

अबदेखि स्थिति सामान्य भए कफ्र्यु कम गर्दै जाने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताउनुभयो । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्नेको सहि पहिचान गरी कारबाही गर्न माग गर्दै गरिएको आन्दोलन एकाएक हिंसात्मक बनेपछि स्थानीय प्रशासनले शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो ।

आन्दोलनका क्रममा निधन भएका १७ वर्षिय सनी खुनाको आज विहान दाह संस्कार गरिएको छ । सरकारले पिडित किशोरीको परिवार तथा खुनाको परिवारलाई १० लाख रुपैया राहत दिने निर्णय गरेको छ ।

खुनालाई शहिद घोषणा गरेपछि परिवार दाहसंस्कारका लागी तयार भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले गत मंगलबारदेखि प्रदर्शन तीब्र पारेका हुन् ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा