पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द


कञ्चनपुर, माघ १ ।
कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्ने/ नगराउने सूचनामा उल्लेख गरिएको छ । 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै