Posts

Showing posts from December, 2017

एमाले–माओवादी केन्द्रका उच्चस्तरीय नेताहरु निर्वाचन आयोग जाँदै

Image
काठमाडौं पुस १७ निर्वाचन परिणाम सार्वजनिक गर्न दबाब दिनका लागि एमाले–माओवादी केन्द्रका उच्चस्तरीय नेताहरु आज अपरान्ह ३ बजे निर्वाचन आयोग जाने भएका छन्। एमाले नेताहरु उपाध्यक्ष भीम रावलको नेतृत्वमा र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन आयोग जान लागेका हुन्। बादलका साथमा माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महरालगायत हुनेछन् भने एमालेबाट रावलका अलावा सुवाष नेम्वाङ, अग्नि खरेल, पाण्डे लगायत हुनेछन्। एमाले–माओवादी केन्द्रका नेताहरुले निर्वाचन परिणामका सन्दर्भमा प्रमुख निर्वाचन आयुत्त र आयुक्तहरुसँग अन्तरक्रियाका लागि आयोग जान लागेको बताएका छन्। त्यसअघि आजै एमाले–माओवादी केन्द्रका भातृ संगठनहरुले पनि निर्वाचन परिणाम सार्वजनिक माग गर्दै १ बजे निर्वाचन आयोगमा ज्ञापनपत्र दिँदैछन्।

नयाँ सरकार कहिले यस्तो छ प्रक्रिया, ओलीको गाडीमा देउवाको हेण्डब्रेक

Image
पुनर्वास, पुस १७ माओवादीसँग तालमेल गरेर चुनाव जितेका एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबारतिर फर्केर बसेको दुई हप्ताभन्दा बढि भैसक्यो । तर उहाँको खुट्टा जहाँको त्यहीँ छ । अघि बढ्न सिंहदरबार खालि भैसकेको छैन । चुनावमा नराम्रो पराजय भोगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अझै प्रधानमन्त्रीको कुर्सी छाड्ने मन छैन । त्यसैले ओलीलाई  सिंहदरबार लैजाने गाडीमा अहिले देउवाको हेण्डब्रेक लागेको छ । संविधानका धारा, उपधारा बुझेपछि देउवालाई अझै डेढ महिना सत्तामा बस्न पाइन्छ भन्नेमा ढुक्क लागेको छ । त्यही संविधान पल्टाएर बसेका ओली चाहिँ हतारमा हुनुहुन्छ । आफैले बनाएको संविधान आफ्नो स्वार्थअनुसार बुझ्ने र त्यसैअनुसार व्याख्या गर्ने दुई नेताको प्रवृत्तिले आम नागरिकलाई चाहिँ अलमलमा पारेको छ । मतदातादेखि आयोगका पदाधिकारीसम्म अलमलमा मंसिरमा चुनावको बेला भोट दिने मतदातालाई के लागेको थियो भने मतगणना सकिए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । चुनाव जितिन्छ भन्दै तालमेल गरेर हिँडेका एमाले र माओवादीका नेताहरुले त पुसमा वामपन्थीको सरकार बन्छ बन्छ भनेर भाषण गरेका थिए । अहिले हतपति सरकार छाड्न न

आजदेखि स्वस्थानी व्रत सुरू

Image
साँखु शालिनदी मेला मंगलबारदेखि मात्रै पुस १६,काठमाडौं ।।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रतको सुरूवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ। सय रोटी व्रतालु आफैँले फ

फोर्स फुटबल कपको उपाधि अरनिको युवा क्लबलाई

Image
किशोर तामाङ कञ्चनपुर, पुनर्वास, पुस १६।। ख्रिष्ट्रियनहरुको महान चाड ख्रिष्टमसको अवसर पारेर स्वस्थ्यका लागि खेलकूद र राष्ट्रका लागि खेलकूद भन्ने मुलनाराका साथ सुदूर पश्चिमाञ्चलको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिका १ स्थित बिरेन्द्र युवा क्लव द्धारा फोर्स फुटबल कप २०७४ सञ्चालन गरिएको थियो । गत पुसको ६ गतेबाट सञ्चालन भएको उक्त खेल आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पुनर्वास नगरपालिका १ बल भद्रबस्ती स्थित आफ्नै घरेलु खेलमैदानमा शान्त मनोरम बतावरणमा क्लबका अध्यक्ष चन्द्र बहादुर तामाङको सभापतित्व र कञ्चनपुर  जिल्ला फुटबल संघका अध्यक्ष श्री गणेस चन्दको प्रमुख अतिथिमा सम्पन्न भएको छ । यसैगरि विशिष्ट अतिथिमा वडा अध्यक्ष प्रताप चन्द ,रहनुभएको थियो भने अतिथिमा खेलकुद बिकास समितिका सदस्य कृष्ण बहादुर तामाङ कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष जित ब. तामाङ, कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य लालमान तामाङ,स्थानिय पाष्टर नेले तामाङ, धर्मलामा तामाङको साथमा बिभिन्न क्लावका अध्यक्षहरु अतिथिको आसनमा आसिन हुनुहुन्थ्यो । यस फुटबल खेलमा जम्मा २० टीमको सहाभागिता रहेकोमा सबै टीमलाई पाछि पार

प्रचण्डले बाबुरामलाई भने, ‘फेरि आउनुस्, एकता गरौं’

Image
पुस १६,काठमाडौं ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताका लागि पुन प्रस्ताव गरेका छन्। आइतबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले भट्टराईसँग भेटका पार्टी एकताको प्रस्ताव गरेका हुन्। ‘तपाईं पनि एकतामा आइदिए राजनीतिक गतिरोध फुकाउन, मुलुकलाई आर्थिक सम्बृद्धितर्फ अघि बढाउन धेरै सहयोग हुने थियो’ प्रचण्डको प्रस्ताव थियो, ‘आखिर तपाईंपनि वामगठबन्धनमा सामेल हुनु भएकै हो। त्यसैले चुनाव अघि जे जे भयो, त्यो भइगयो, पुराना कुरा बिर्सेर एकतामा सामेल होऔं।’ नयाँशक्तिकी नेतृ हिसिला यमीका अनुसार भट्टराई जारी राजनीतिक गतिरोधको अन्त्य विषयमा कुराकानी गर्न प्रचण्ड निवास पुगेका थिए। यमीले भनिन्, ‘उहाँले तपाईंपनि एकता आउनु भए धेरै सजिलो हुन्थ्यो भन्नुभयो। त्यसबाहेक समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच कुराकानी भयो।’ भट्टराईले भने पहिले एमाले–माओवादी केन्द्रबीचको एकताको कामना गरेका थिए। ‘पहिले तपाईंहरुबीच एकता होस्, एकता गरेर छिटो सरकार निर्माण गर्नुस् र राजनीतिक स्थायित्व दिनुस्’ भट्टराईको भनाई थियो, ‘एकता

यौन शक्ति बढाउने भन्दै पत्रिकामा विज्ञापन गरी ठगी गर्ने १५ जना पक्राउ

Image
पुस १६,काठमाडौं । यौन शक्ति बढाउने तथा विभिन्न समस्याको समाधान गर्ने भन्दै विभिन्न कम्पनी तथा व्यक्तिले पत्रिकामै विज्ञापन गरी ठगी धन्दा मौलाएपछि प्रहरीले त्यसलाई रोकथाम गर्न अप्रेशन नै चलाएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समाजमा भ्रम फैलाएर खुलेआम नागरिक ठग्नेलाई कारवाही गर्न अप्रेशन सञ्चालन गरी यस्तो कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।  पत्रिकामा विज्ञापन गरी ठगी गरेको अभियोगमा हर्बल शप कोटेश्वरका सञ्चालक भोजपुरका सूर्यबहादुर रायमाझी, ग्लोवल टीभी प्रोडक्टका सञ्चालक काभ्रेका कुमार भारती, टेलीवान सञ्जिवनीका सञ्चालक लमजुङका बाबुराम ढकाल, ग्लोबल टेलीसपका सञ्चालक यादवराज भोगे, टेली सेन्टरका सञ्चालक काभ्रे पाँचखालका विपिन बोलखे, नेचुरल टेलीसपका सञ्चालक रविन खड्कालगायत १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए ।  श्रेष्ठले भने, “पत्रिकामा विज्ञापन गरी हुँदै नभएको कुरालाई हुन्छ भनेर विज्ञापन गरी ठगी गरेको उजुरी बढेपछि हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान जारी छ । अरुलाई पनि नियन्त्रण

मलेसियाबाट १६ हजार नेपाली फिर्ता

Image
क्वालालम्पुर, १६ पुस।  मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो । उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ । दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन । उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् । मलेसियाली सर

अवैध मेडिकल सञ्चालन गर्दै प्रतिबन्धित औषधीको विक्री गर्न्र भारतिय पक्राउ

पुस १५,कैलाली ।।  कैलाली जिल्लाको लम्की चुहा नगरपालिका- ९ खमरियामा अवैध रुपमा मेडिकल पसल सञ्चालन गरी प्रतिवन्धित औषधीको विक्री वितरण गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन । लम्कीचुहा नगरपालीका वडा नम्वर ९ खमरियामा मेडिकल पसल राखेर लागु औषधको रुपमा प्रयोग हुने औषधी विक्री वितरण गर्दै आएका भारतको लखीमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्रपाल पक्राउ परेका हुन् । मेडिकल सञ्चालनको नाममा अवैध लागु औषध विक्री वितरण हुने गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडीकल पसलमा खान तलासी गर्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधी ३ वोरा वरामद गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

आहा ! स्वच्छ भएछ पशुपतिनाथ

पुस १५,काठमाडौँ ।।   “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुग्नुभएको हो । शनिबार बिहानै पशुपति दर्शनमा जानुभएका बबरमहलका महेश अधिकारी भन्दै हुनुहुन्थ्यो– “मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महशुस गरेको हो, यी हेर्नुस् त मन्दिर उक्लिने सिँडीहरु टल्किएका छन्, भुइँमा कतै पनि धुलो या फोहरका पातपतिंगर देखिँदैन, माथि मूल मन्दिर परिसरको त झन कुरै भएन, चारैतर्फका मूर्ति र बसाहा झलझली बलेका र उज्याला छन्– कतै बोल्लान झैँगरी ।” साँच्चिकै यतिखेर पशुपतिनाथ क्षेत्रको मुहार फेरिएको छ । बाग्मती किनारदेखि माथि मन्दिर र कैलाश चौरमुनिको भूभागमा धुलो, फोहर केही छैन भने साना मठ र संरचनामा पनि निकै चमक आएको छ । त्यसैले यतिखेर पशुपति क्षेत्रमा सरसफाइले रौनक छाएको छ । अर्याल भन्नुहुन्छ– “मैले

सुदूरपश्चिममा आज पुसे पन्ध्र तथा ठूलीरात पर्व मनाईंदै

Image
काठमाडौं, पुस १५ –   आज पुष १५ अर्थात नेपाली समाजमा आजको दिनलाई पनि चार्डका रुपमा मनाउने चलन छ । विभिन्न मीठामीठा खानेकुरा खाएर रमाइलो गर्ने चलन छ । आज एक दिन भएपनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने गरिन्छ ।आजको दिनलाई पन्ध्र हात लामो मुढामा आगो बालेर ताप्ने चलन पनि छ । त्यस्तै सुदूरपश्चिममा शनिबार ठूलीरात पर्व धुमधामसँग मनाईंदै छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ । आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताउनुभयो । रातभरि कथा, कहानी (स्थानीय भाषामा आईना, बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उहाँले बताउनुभयो । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ । 

किन बढे प्रहरीमा जागिर छाड्नेहरु ?

Image
काठमाडौँ, १५ पुस- प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन्। जागिर छाड्नेमा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन्।  प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी (नायब महानिरीक्षक) एक डीएसपी (नायव उपरीक्षक) दुई इन्स्पेक्टर (निरीक्षक), ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ कार्यालय सहायकले जागिर छाडेको खबर अन्नपूर्ण पोस्टमा छ ।

माओवादी केन्द्रले टुंग्यायो प्रदेशसभाको समानुपातिक सांसद (नामावलीसहित)

Image
काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावलीटुंगो लगाएको छ । शुक्रबार माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने गरी प्रदेशसभाअन्तर्गतका समानुपातिक सांसदको नामावली टुङ्यो लगाएको हो । यी हुन् माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकमा छानेको सांसद्को नाम:- प्रदेश नं.-१ १. सीता थेवे २ . कुशुमकुमारी श्रेष्ठ ३. शाैभाग्य राई ४. सरस्वती पोखरे ५. उमिता बिश्वकर्मा प्रदेश नं.-२ १. जगतप्रसाद यादव २ . महम्मद समीर ३. रुबीकुमारी कर्ण ४. प्रमिला कुमारी यादव ५. फुलियादेवी सदा प्रदेश नं.-३ १. दिनेश महर्जन २.आङ्देण्डी लामा ३. ओम घलान ४. हिमाली गोले ५. प्रतिमा श्रेष्ठ ६. सीता अधिकारी ७. भावना सुवेदी ८. कञ्चन खनाल प्रदेश नं.-४ १. गायत्री गुरुङ २. मधु अधिकारी (गुरुङ) ३. दिलमाया राेकामगर (गौतम) प्रदेश नं.-५ १. गीता थापा २. दामाकुमारी शर्मा ३. पार्वती पुन (गहतराज) ४. लौटी थारु ५. दीपा बिक ६. सुष्मा यादव प्रदेश नं.-६ १. पुष्पा घर्ती बिष्ट २. सीताकुमारी नेपाली ३. बिमला केसी ४. कृष्णा शाह प्रदेश नं.-७ १. निर्मला बडाल (जोशी) २. कुन्ती जोशी ३.

पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा पक्राउ

Image
पुस १४,काठमाडौं ।  पार्किङमा राखेको स्कुटर चोर्न खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ओखलढुंगा रगानी घर भई हाल बौद्ध बस्ने ३० वर्षिय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले जडिबुटीस्थित स्माइला डान्सवार अगासड पार्किङ गरेको बा ५० प १७७ नम्वरको स्कुटर चोरी गर्दा उनी पक्राउ परेका हुन् ।

राष्ट्रियसभा गठनको अध्यादेश प्रमाणिकरण : एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुने

Image
काठमाडौं, पुस १४ –राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो।यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिएको छ । अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणालीअनुसार हुनेछ । यसअघि एमालेले यो प्रणाली अमान्य हुने बताउँदै आएको थियो । एमालेले बहुमतीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडान थियो । अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको थिएन ।अध्यादेश प्रमाणिकरण गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवा र एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गसँग छलफल गर्नुभएको थियो । अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?५९ सदस्यीय राष्ट्रियसभाका लागि ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । बाँकी ५६ मध्ये हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभाका सदस्य चुनिनेछन् । जसमा

धनगढीमा नेपाली सेनाको डिस्पोजल टोलिले गर्‍यो बम डिस्पोज

Image
धनगढी, पुस १३ ।  जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै स्थानीय नरेन्द्र अवस्थीको घर अगाडि राखिएको बमलाई सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । बिहीबार विहान करिब ६ बजेतिर उक्त बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी बम भएको स्थानमा पुगेर सुरक्षा दिएपछि प्रहरीले बोराडाडीस्थित सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । ढिलोगरि पुगेको सेनाको टोलीले बम निष्कृय पारेको हो । बम कसले के उद्देश्यले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । एकाविहानै उक्त बम देखेपछि स्थानीयहरु त्रसित भएका छन् । निर्वाचनका बेला प्रहरी सकृयता व्यापक रहेपनि निर्वाचनपछि भने प्रहरी सुस्त देखिएको छ । दिनहुँजसो सानातिना चोरीका घटनाहरु बढेका छन् । अहिले बम नै फेला परेपछि स्थानीयबासी त्रसित छन् । ‘चुनावका बेला राती काम परेर निस्कन समेत अप्ठयारो पारेको प्रहरी अहिले कुन दुलामा पसेको छ रु’ स्थानीय हरि लम्सालले भने, ‘चुनावको बेला काम परेर राति अस्पताल हिँडेको मलाई जबरजस्ती गाडीमा हालेर लान खोजे, पछि अस्पतालको कागज देखाएर

डुङ्गा पल्टिँदा ६ जना बालबालिकाको मृत्यु

Image
नयाँ दिल्ली ।।  दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको समाचार छ । यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको स्थानीय सञ्चारले जनाएका छन् । मलापुराम जिल्लाको पोननानी कोले इलाका नजिकै रहेको जलक्षेत्रमा मङ्गलबार उक्त डुङ्गा दुर्घटना भएको जनाइएको छ । त्यस इलाका केरला प्रान्तको प्रान्तीय राजधानी त्रिवन्त्रमबाट ३५९ किलोमिटर उत्तरमा रहेको जनाइएको छ । मङ्गलबार साँझ नौ जना व्यक्ति लिएर गएको सो डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु भएको र अन्य तीन जनालाई उद्धार गरिएको मलापपुरामका प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । विदा मनाउनको लागि आफन्तको घरमा जान लागेका ती बालबालिका दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्यान गुमाएकामा चारजना बालक र दुई बालिका रहेका जनाइएको छ । स्थानीय सरकारले यस दुर्घटनाको अनुसन्धान सुरु गर्न आदेश दिएको छ ।  क्षमताभन्दा बढी व्यक्ति सवार भएर डुङ्गामा यात्रागर्ने गरिएका कारण बारम

धनगढी विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा

Image
पुस १२,धनगढी, कैैैलाली।।  धनगढी विमानस्थल स्तरोन्नतीको काम अब तिब्र गतिले सुरु हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले जग्गा अधिग्रहण गर्न अपुग रकम सबै पठाएपछि अहिले बाकि रहेका जग्गाधनीलाइ तत्काल मुआव्जा बितरण गरि रात्रिकालिन उडान गर्न मिल्ने गरि बिमानस्थलको स्तरोन्नती सुरु गरिने धनगढी नागरिक उडड्यन कार्यालयले जनाएको छ । रात्रिकालिन उडानका साथै प्रतिकुल मौसममा पनि उडान र अवतरण गर्न मिल्नेगरि धनगढी विमानस्थलको स्तरोन्नती हुने भएको छ । बिमानस्थलले थप १७ बिगाह ४ कठ्ठा जग्गा अधिग्रहण गरि रात्रिकालीन उडान भर्ने उपकरण जडान गर्ने भएको हो । जग्गा अधिग्रहणका लागि २३ करोड ११ लाख मुआव्जा रकम तोकिएपछि पहिलो चरणमा १५ करोड बितरण भइसकेको र  बाकि रकम नआउदा अधिग्रहणको काम प्रभावित भएको थियो । केही दिन अघि नागरिक उडड्यन प्राधिकरणले बाकि रहेको ८ करोड ११ लाख रकम पनि पनि उपलब्ध गराएपछि धनगढी विमानस्थलको स्तरोन्नती तिब्र गतिमा अघि बढ्ने भएको हो । धनगढी बिमानस्थलको सेवा बिस्तार गरि रात्रिकालिन उडानको उपकरण जडान गर्न अधिग्रहणको काम अन्तिम चरणमा पुगेको बिमानस्थल प्रमुख छबिसिंह ठकुल्लाले जानकारी दिनु भय

कञ्चनपुरमा मानवअधिकार उल्लंघनका ७५ घटना

Image
कञ्चनपुर, पुस ११।।  इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् । इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताउनुभयो । उहाँका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ । उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो हुनु जरुरी छ ।” मानवअधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेवार बने मात्रै समाजमा शान्ति कायम हुनसक्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले वास्तविक घटना बाहिर नआउने प्रवृत्तिका कारण पीडितले न्याय पाउनबाट वञ्चित रहनुपरेको बताउनुभयो । –रासस

सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल पुस २१ देखि सुरु हुँदै

Image
पुस ११, कैलाली ।। ‘ नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता-२०७४’ यही पुस २१ देखि माघ १ गतेसम्म हुने भएको छ । आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, सहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब ललितपुर, र थ्रिस्टार क्लब गरी १२ एडिभिजन क्लबले सहभागिता जानकारी दिएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख ११हजार १११, उपविजेताले रु पाँच लाख ५५ हजार ५५५, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु १५–१५ हजार र प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । (रासस)

राष्ट्रपतिमा काङ्ग्रेसको यस्तो बार्गेनिङ !

Image
पुस ११,काठमाडौं ।। प्रदेश तथा प्रतिनिधिसभामा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले राष्ट्रिय सभा गठनसम्बन्धी कानुनमा विवाद सिर्जना गरेर भित्रभित्रै राष्ट्रपति पदको बार्गेनिङ गरिरहेको छ । बाम गठबन्धनको पक्षमा अपार जनमत प्रकट भएसँगै पाँच वर्षसम्म प्रतिपक्षमा बसनुपर्ने भएपछि कांग्रेसले राज्यका प्रमुख तीन पदमध्ये एक आफ्नो पक्षमा पार्न कसरत अघि बढाएको छ । अहिले कांग्रेसले जुन शैलीमा बार्गेनिङ गरिरहेको छ त्यो नयाँ भने होइन । २०६५ सालमै गरेको दोहोरो भूमिकाको पुनरावेत्तिका रुपमा लिइएको छ । २०६५ सालमा पनि संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो शक्ति बनेर आएपछि कांग्रेस यसैगरी अत्तालिएको थियो । नेपाली कांग्रेसले अप्रत्यासति पराजय बेहोरेपछि तत्कालिन प्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइरालाले हत्पति सत्ता छोड्न मानेका थिएनन् । तत्कालीन अवस्थामा निलम्बित हैसियतमा भने थियो भने राष्ट्रप्रमुुखको जिम्मेवारी स्वयं कोइरालाले लिएका थिए । नयाँ जनमत आइसकेको अवस्थामा कोइरालाले सत्ता नछोड्नुको कारण थियो आफै राष्ट्रपति बन्ने बार्गेनिङ । बाहिर भने माओवादीसँग निजी सेना भएकोले सेना समायोनको क