यौन शक्ति बढाउने भन्दै पत्रिकामा विज्ञापन गरी ठगी गर्ने १५ जना पक्राउ

पुस १६,काठमाडौं । यौन शक्ति बढाउने तथा विभिन्न समस्याको समाधान गर्ने भन्दै विभिन्न कम्पनी तथा व्यक्तिले पत्रिकामै विज्ञापन गरी ठगी धन्दा मौलाएपछि प्रहरीले त्यसलाई रोकथाम गर्न अप्रेशन नै चलाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समाजमा भ्रम फैलाएर खुलेआम नागरिक ठग्नेलाई कारवाही गर्न अप्रेशन सञ्चालन गरी यस्तो कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । 

पत्रिकामा विज्ञापन गरी ठगी गरेको अभियोगमा हर्बल शप कोटेश्वरका सञ्चालक भोजपुरका सूर्यबहादुर रायमाझी, ग्लोवल टीभी प्रोडक्टका सञ्चालक काभ्रेका कुमार भारती, टेलीवान सञ्जिवनीका सञ्चालक लमजुङका बाबुराम ढकाल, ग्लोबल टेलीसपका सञ्चालक यादवराज भोगे, टेली सेन्टरका सञ्चालक काभ्रे पाँचखालका विपिन बोलखे, नेचुरल टेलीसपका सञ्चालक रविन खड्कालगायत १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ब्यूरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले बताए । 

श्रेष्ठले भने, “पत्रिकामा विज्ञापन गरी हुँदै नभएको कुरालाई हुन्छ भनेर विज्ञापन गरी ठगी गरेको उजुरी बढेपछि हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान जारी छ । अरुलाई पनि नियन्त्रणमा लिने तयारीमा छौं । यौन उत्तेजना बढाउने तथा यौन समस्या समाधान गर्ने भन्दै विज्ञापन गर्दा युवाहरु ठगिए पनि उजुरी गर्न लजाउने भएका कारण यस्तो ठगी धन्दा मौलाएको छ । त्यसलाई नियन्त्रण गर्न हामीले सुरुवात गरेका छौं ।” 
फाइल तस्बिर :-

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान