एमाले–माओवादी केन्द्रका उच्चस्तरीय नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं पुस १७

निर्वाचन परिणाम सार्वजनिक गर्न दबाब दिनका लागि एमाले–माओवादी केन्द्रका उच्चस्तरीय नेताहरु आज अपरान्ह ३ बजे निर्वाचन आयोग जाने भएका छन्।

एमाले नेताहरु उपाध्यक्ष भीम रावलको नेतृत्वमा र माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन आयोग जान लागेका हुन्।

बादलका साथमा माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महरालगायत हुनेछन् भने एमालेबाट रावलका अलावा सुवाष नेम्वाङ, अग्नि खरेल, पाण्डे लगायत हुनेछन्।

एमाले–माओवादी केन्द्रका नेताहरुले निर्वाचन परिणामका सन्दर्भमा प्रमुख निर्वाचन आयुत्त र आयुक्तहरुसँग अन्तरक्रियाका लागि आयोग जान लागेको बताएका छन्।

त्यसअघि आजै एमाले–माओवादी केन्द्रका भातृ संगठनहरुले पनि निर्वाचन परिणाम सार्वजनिक माग गर्दै १ बजे निर्वाचन आयोगमा ज्ञापनपत्र दिँदैछन्।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान