धनगढी विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा
पुस १२,धनगढी, कैैैलाली।।
धनगढी विमानस्थल स्तरोन्नतीको काम अब तिब्र गतिले सुरु हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले जग्गा अधिग्रहण गर्न अपुग रकम सबै पठाएपछि अहिले बाकि रहेका जग्गाधनीलाइ तत्काल मुआव्जा बितरण गरि रात्रिकालिन उडान गर्न मिल्ने गरि बिमानस्थलको स्तरोन्नती सुरु गरिने धनगढी नागरिक उडड्यन कार्यालयले जनाएको छ ।

रात्रिकालिन उडानका साथै प्रतिकुल मौसममा पनि उडान र अवतरण गर्न मिल्नेगरि धनगढी विमानस्थलको स्तरोन्नती हुने भएको छ । बिमानस्थलले थप १७ बिगाह ४ कठ्ठा जग्गा अधिग्रहण गरि रात्रिकालीन उडान भर्ने उपकरण जडान गर्ने भएको हो । जग्गा अधिग्रहणका लागि २३ करोड ११ लाख मुआव्जा रकम तोकिएपछि पहिलो चरणमा १५ करोड बितरण भइसकेको र बाकि रकम नआउदा अधिग्रहणको काम प्रभावित भएको थियो । केही दिन अघि नागरिक उडड्यन प्राधिकरणले बाकि रहेको ८ करोड ११ लाख रकम पनि पनि उपलब्ध गराएपछि धनगढी विमानस्थलको स्तरोन्नती तिब्र गतिमा अघि बढ्ने भएको हो ।
भीओआर डिएइ र एप्रोच लाईटको जडान पछि प्रतिकुल मौसममा पनि उडान र अवतरण गर्न मिल्ने ठकुल्लाको भनाइ छ । नागरिक उडड्यन कार्यालयले दोस्रो किस्ता मार्फत बिमानस्थलको जग्गा अधिग्रहणका लागि थप ८ करोड ११ लाख रकम पठाएपछि अहिले स्थानिय प्रशासन लगाएत सरोकारवाला निकायले अधिग्रहणको काम छिटो सम्पन्न गर्न चासो देखाएका छन् । प्राधिकरणसँग यसअघि नै जापानको जाइकाले उपकरण जडानका लागि सम्झौता गरिसकेको छ । अधिग्रहणको काम समपन्न भएलगत्तै रात्रिकालिन उडानका लागी संरचना निर्माण सुरु हुने धनगढी नागरिक उडड्यन कार्यालयले जनाएको छ ।
साभार:- radiodailymail.com
तस्बिर :- विशाल पाण्डेय
Comments
Post a Comment