राष्ट्रियसभा गठनको अध्यादेश प्रमाणिकरण : एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुने

काठमाडौं, पुस १४ –राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो।यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिएको छ । अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणालीअनुसार हुनेछ । यसअघि एमालेले यो प्रणाली अमान्य हुने बताउँदै आएको थियो । एमालेले बहुमतीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडान थियो । अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्नुभएको थिएन ।अध्यादेश प्रमाणिकरण गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवा र एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गसँग छलफल गर्नुभएको थियो । अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?५९ सदस्यीय राष्ट्रियसभाका लागि ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ । बाँकी ५६ मध्ये हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभाका सदस्य चुनिनेछन् । जसमा महिला दलित र आदिवासी जनजातीको समाबेशी प्रतिनिधित्व गराउनुपर्ने कानूनी ब्यवस्था छ । एकल संक्रमणीय पद्धती भनेको प्राथमिकताका आधारमा मतदान गर्न पाउने विधी हो । यसमा महिला र खुलातर्फ प्राथमिकताका आधारमा एकभन्दा धेरै उम्मेद्वारलाई मतदान गर्न मिल्नेछ ।राष्ट्रियसभाका सदस्य चुन्नका लागि स्थानीय तहका प्रमुखर उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले भोट हाल्न पाउँछन् । जसमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ मानिनेछ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै