सुदूरपश्चिममा आज पुसे पन्ध्र तथा ठूलीरात पर्व मनाईंदै
काठमाडौं, पुस १५ – आज पुष १५ अर्थात नेपाली समाजमा आजको दिनलाई पनि चार्डका रुपमा मनाउने चलन छ । विभिन्न मीठामीठा खानेकुरा खाएर रमाइलो गर्ने चलन छ । आज एक दिन भएपनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने गरिन्छ ।आजको दिनलाई पन्ध्र हात लामो मुढामा आगो बालेर ताप्ने चलन पनि छ ।
त्यस्तै सुदूरपश्चिममा शनिबार ठूलीरात पर्व धुमधामसँग मनाईंदै छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताउनुभयो ।
रातभरि कथा, कहानी (स्थानीय भाषामा आईना, बातै ) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उहाँले बताउनुभयो । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ ।
Comments
Post a Comment