Posts

पेट्रोलको भाउ बढ्यो, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ घटयो

Image
कञ्चनपुर , १८ चैत । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । भोलि १९ चैत  बिहान एक बजेबाट लागू हुने गरी  पेट्रोलको भाउ बढाएको हो। निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ ५० पैसा ...

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

Image
कञ्चनपुर २२ मङ्सिर ।  कञ्चनपुरको पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुलेको छ । मृत्यु हुनेमा पुनर्वास ५ उदरी बस्ने वर्ष २१ का अभिषेक राना भएको प्रहरीले जनाएको छ । हुलाकी सडक अन्तरगत पुनर्वासको माईली बजार नजिकै रोकी राखेको ट्रेक्टरमा मोटरसाइकल ठोकिदा सख्त घाईते भएका रानाको धनगढी स्थित माया मेट्रो अस्पताल लगीए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । एउटै मोटरसाइकलमा यात्रा गरीरहेका वर्ष १९ की रञ्जिता राना सामान्य र वर्ष १८ को अनुप राना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।  माईली बजारमा रोकी राखेको से १ त ४१५९ नं. ट्रेक्टरमा म २ प ४६२५ नं.को. मोटरसाईकलले ठक्कर दिदा सो दुर्घटना भएको हो । हाल घाईतेहरुको उपचार भईरहेको र मृतको शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पताल धनगढी पठाइएको छ । ट्रेक्टर तथा ट्रेक्टरका  चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ ।  

कञ्चनपुरमा चिनीमिलको लापरबाहीले जनस्वास्थ्यमा गम्भीर असर

Image
  कञ्चनपुर /१९ मङ्सिर  कञ्चनपुरको दक्षिणी क्षेत्रमा सञ्चालित दुई उखुमिलले जनस्वास्थ्यसँग खेलबाड गरिरहेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–२ स्थित भागेश्वर सुगरमिल र बेलौरी नगरपालिका–१० स्थित महाकाली सुगरमिलले उद्योगको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्य र वातावरणसँग नै खेलबाड गरिरहेका हुन् । उद्योगले सही तवरले फोहर व्यवस्थापन गर्न नसक्दा जनस्वास्थ्यसँगै वातावरणमा पनि नकारात्मक प्रभाव पारिरहेको छ । उद्योगबाट निस्कने केमिकलयुक्त रसायन, धुवासँगै आउने खरानीले गर्दा उद्योग वरपरका स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बेलौरीको शिवनगरस्थित महाकाली सुगरमिल वरपरका स्थानीयहरु उद्योगबाट निस्कने खरानीले हैरान छन् भने पुनर्वासको भागेश्वर सुगरमिलले उद्योगबाट निस्कने रसायनयुक्त पानी सिमरी नदीमा मिसाउँदा पुर्नवास२,५ र ७ का स्थानीयले सास्ती खेप्नुपरेको छ । शिवनगर वरपर उडेर आउने मिलको खरानीले स्थानीयलाई बाहिर कुनै काम गर्न नसकिने अवस्था छ । जसले गर्दा स्थानीयलाई श्वासप्रश्वासको समस्या हुने देखिन्छ । सुगरमिलले फोहर नदीमा मिसाउँदा दुर्गन्ध आउने गर्छ, पानीका जीवहरु...

पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सम्पन्न

Image
कञ्चनपुर /मङ्सिर १७  पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताएका छन् । निर्माण कम्पनी आशिष-रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिइन् । भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताए । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण गरिएको भवनमा विभिन्न शाखाका लागि ठाउँको अभाव थियो । यस...

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटायो

Image
काठमाडौँ ,१५ मङ्सिर । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । गएदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल-मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ । आइओसीले नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।

कञ्चनपुरका मकर योञ्जन "द भ्वाइस अफ नेपाल सिजन ५" मा तहल्का मचाउँदै

Image
काठमाडौ / १३ मङ्सिर  । सुदुरपश्चिम कञ्चनपुरका  मकर योञ्जनले "द भ्वाइस अफ नेपाल सिजन फाईभ" मा तहल्का मचाई रहेका छ्न । गत हप्ता हिमालयन एचडी टेलिभिजनमा प्रसारित "द भ्वाइस अफ नेपाल सिजन फाईभ"कार्यक्रमको ब्याटल राउन्डमा गायक मकर योञ्जनले सुनिता सङ्याक लिम्बुसंग गाएको 'फुल झरेपनी कांडा झर्दैन' बोलको गितले कार्यक्रममा उपस्थित सबैको ध्यान तान्न सफल भएको थियो ।  हिमालयन एचडि टिभिमा प्रशारण भईरहेकोको भ्वाइस अफ नेपाल सिजन फाईभ मा गीत गाएर चारै जना जजहरुको मन जित्दै कुर्सी घुमाउन बाध्य बनाएका गायक योञ्जन आशलाग्दा गायक बन्न सफल भएका छ्न । जजका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, मिलन नेवार,प्रमोद खरेलले आफू बसेको कुर्सी घुमाएर गायक योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए । पुनर्वास नगरपालिका २, दशरथ बस्तीका स्थायी बासिन्दा गायक योञ्जन  काठमाडौमा संघर्षरत छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगीतमा स्नातक गरेका छ्न । भारतमा लामो समय संगीत साधना गरेपछि आफ्नै देशमा केही गर्ने योजन...

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु

Image
बर्दिया /९ मङ्सिर । बर्दियाको गुलरियामा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गुलरिया ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागीमा परेर मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिंह बुढा रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण खुलेको छैन। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली प्रस्थान

Image
कञ्चनपुर , ७ मङ्सिर । भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेकोछ । नोभेम्बर २५ र २६ तारीखमा भारतको पञ्जाबमा पर्ने नवनशहरमा आयोजना हुन गईरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागीता जनाउन पुनर्वासका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन । सो प्रतियोगितामा नेपाल सहित छ राष्ट्रका खेलाडीहरुले भाग लिने बताईएको छ  । आज पुनर्वास नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले खेलाडीहरुलाई टिका, माला र खादा लगाएर विदाई गर्नुभएको थियोे । टिममा चौध जना खेलाडी, दुई जना कोच र एकजना टिम म्यानेजर गरि सत्र जना रहेका छ्न ।

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार जना पक्राउ

Image
वीरगञ्ज,३ मङ्सिर ।  प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।शुक्रबार  पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रासस

पुनर्वास ९ मा परोपकार समाज नेपालको आयोजनामा१२औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८० सुरु

Image
कञ्चनपुर , १ मङ्सिर  पुनर्वास ९ बिचफाँटामा परोपकार समाज नेपालको आयोजनामा १२ औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८०   सुरु भएको छ । दिपावलीको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमलाई पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले बिहिवार एक भव्य कार्यक्रम बिच पानसमा बत्ति बालेर उदघाटन गर्नुभयो । राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भईरहेको सो रमाइलो साँस्कृतिक कार्यक्रम आगामी  मंसिर २ गतेसम्म चल्ने र कार्यक्रममा सुदुर पश्चिमका देउडा, भुवा, पुतला लगायत जनचेतनामुलक नाटक र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने परोपकार समाजका सचिव ईश्वर बुढाले बताए ।   

लालझाडीमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला

Image
कञ्चनपुर /२६ कार्तिक  लालझाडी गाउँपालिका वार्ड नं १ विनबारी गाउँमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला पारेका छन्। लालझाडी गाउँपालिका वार्ड नं १ बिनबारी बस्ने वर्ष २६ को सेम कुमार राना र वर्ष २५ की पुस्पा राना दुपट्टाको पासोमा दुवै जना आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको स्थानिय समाजसेवी दिनेश रानाले जानकारी दिनु भएको छ। छोरा अन्दाजी ४ वर्षको अनमोल राना सहित ३ जना घरमा बस्दै आएका थिए । घटना के कारणले भएको हो प्रहरीको अनुसन्धान गरी रहेका छन् ।

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन; अध्यक्षमा शुक्लाफाँटाका नगर प्रमुख महरा

Image
-हरिश्चन्द्र बाग कञ्चनपुर/ २१ कार्तिक । दोदा जलाधार क्षेत्रका सबै १० ओटा स्थानीय तहहरूले वृहत् छलफल गरी दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरेका छन् । कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डडेलधुराका आलिताल गाउँपालिका र परशुराम नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका तथा डोटीको जोरायल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख सहित सरोकारवाला पक्षहरूको भेलाले उक्त मञ्च गठन गरेको हो । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तर स्थानीय तह स्तरीय संयन्त्र मार्फत सम्बोधन गर्न सोमबार र मंगलबार धनगढीमा दुई दिवसीय कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो । सोही गोष्ठी मार्फत शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको हो । उक्त मञ्चको उपाध्यक्षमा परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा, सचिवमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, कोषाध्यक्षमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना दे...

जाजरकोटमा भूकम्प अपडेट : दुई जिल्लामा गरी ११९ जनाको मृत्यु

Image
काठमाडौं /जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ। यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो। भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिए। नलगाड भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका हो। भूकम्पपमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ। यस्तै रुकुमपश्चिममा २७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए। आठबीस नगरपालिकामा १७ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको उनले बताए। शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।   

आममाफी पाएका फेरि रिगल पक्राउ पर्ने

Image
काठमाडौ /१६ कार्तिक । चेतन मानन्धरको हत्या आरोपमा जेल परि आममाफी पाएका रिगल पुन: पक्राउ पर्ने भएका छ्न । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।  बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।  न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने।’ चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।  त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

१३ औं रनिङ चाँदिकप २०८० को उपाधीको विजेता बन्यो एपीएफ

Image
-लाल बहादुर एसके कञ्चनपुर , कार्तिक ५ १३ औं रनिङ चाँदिकप २०८० को उपाधी एपीएफले उचालेको छ । आईतवार पुनर्वास ७ स्थित बुद्ध बस्तीको खेल मैदानमा सम्पन्न  फाइनल खेलमा एपीएफ र आयोजक टिम सिद्धार्थ युवा क्लब 'ए' बिच भएको खेलमा एपीएफ टिमले तीनका विरुद्ध चार गोल हानेर विजेता बन्न सफल भएको हो । निर्धारीत समय सिमाभित्र  खेल बराबरीमा टुङ्गिएपछि खेल ट्राईबेकरमा गएको थियोे । विजेता टिम एपीएफले नगद  १७१,१११/- र ट्रफी तथा उपविजेता टिम सिद्धार्थ युवा क्लब 'ए' ले नगद ८६,१११/- र ट्रफी प्राप्त गरेको थियोे । प्रतियोगिता अवधिभरको खेल मूल्यांकन गरेर एपीएफका कुबेर सिंहले हाई स्कोरर,एपीएफका टेकेन्द्र थापाले बेस्ट गोलकिपर, एपीएफका टोपबहादुर बिस्टले बेस्ट मिड फिल्डरको उपाधी जित्न सफल भएका थिए । त्यसैगरी सिद्धार्थका भुपेन्द्र शाहीले म्यान अफ द सिरिज, सिद्धार्थका अविनास थापाले राईजिङ्ग स्टार र सिद्धार्थकै विजयसिंह ठकुरीले बेस्ट डिफेन्डरको उपाधी हात पारेका थिए । असोज २० बाट सुरु भएको सो प्रतियोगितामा छब्बीस टिमले सहभागीता जनाएका थिए । आज सम्पन्न तेह्रौं...

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी सम्मानित

Image
कञ्चनपुर , ३० असोज । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी सम्मानित भएका छ्न । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा भएको कार्यक्रममा नगरप्रमुख चौधरी सम्मानित भएका हुन । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाहले नगरप्रमुख चौधरीलाई सम्मान गरेका हुन । नगर प्रमुख चौधरीका स्वकीय सचिव जयबहादुर  कुँवरका अनुसार बेलाैरी नगरपालिकाले लागूऔषध महाअभियान २०८० कार्यक्रम अन्तर्गत बेलाैरी प्रहरीलाई लापसे चेकजाँच मेसिन र त्यसमा प्रयाेग हुने किट  सहयोग गरेकाले उक्त कार्यकाे उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हाे । साथै नगरप्रमुख पाेतीलाल चाैधरीले बेलाैरी नगरपालिका वडानम्बर २ मा प्रहरी कार्यालय भवन निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले ६८औं प्रहरी दिवसमा उनलाई सम्मान गरिएको उनकाे भनाइ छ । दुईपटक बेलाैरी नगरपालिकाकाे मेयर पदमा निर्वाचित चाैधरी जनता माझ मात्र नभइ प्रहरी संगठनमा पनि उत्तिकै लाेकप्रिय छन् । कार्यक्रममा सुदूरपश्चिमका ८८ वटा पालिका मध्ये तीन पालिका प्रमुखलाई सम्मान गरिएको थियोे ...

सुदूरपश्चिमको बहुप्रतिक्षित गेटा अस्पताल भोलिबाट सञ्चालन हुने

Image
कैलाली /३० असोज सुदूरपश्चिमको बहुप्रतिक्षित गेटा अस्पताल भोलिबाट सञ्चालन हुने भएको छ । एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्द...

बेलौरीमा चट्याङ लागी आमा-छोरी घाइते

Image
कञ्चनपुर /२९ असोज । बेलौरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज बेलौरी नगरपालिका -२ टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएका हुन । दुबैको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा दुबै आमा, छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाइले बताए । घाइते दुबैलाई पहिले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहा उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी धनगढी लगिएको हो ।

कालिका (लमजुङ कालिका) मन्दिरमा मुर्ति स्थापना

Image
कञ्चनपुर /असोज २८  पुनर्वास नगरपालिका ६ मा रहेको कालिका लमजुङ कालिका मन्दिरमा मुर्ति स्थापना गरिएको छ ।  हाम्रो गौरव हाम्रो सान धर्म संस्कृति हाम्रो पहिचान मुल नारा सहित श्री कालिका लमजुङ कालिका मन्दिर व्यवस्थापन समितिद्वारा आईतवार प्राण प्रतिष्ठाका साथ मुर्ति स्थापना एंबं १०८ दिप प्रज्वलन र घटस्थापना गरिएको हो ।  मन्दिरमा मुर्ति स्थापनाको उद्घाटन गर्दै पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले धार्मिक स्थलको विकासले समाजलाई सत्मार्गमा डोर्‍याउन मद्दत पुग्ने तथा विकृति विसंगतिदेखि टाढा राख्ने बताउनुभयो । नगर उपप्रमुख भुलिया कुमारी रानाले मन्दिर स्थापना तथा भगवान प्रतिको आस्थाले मानिसलाई सभ्यताको बाटोमा डोर्याउने तथा पुजापाठ तर्फ आकर्षित गर्ने बताउनुभयो । वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाले वडा नम्बर  ६ का स्थानीयले मन्दिरसंगै मुर्ति स्थापना गरेर निकै उदाहरणीय कार्य गरेको बताउनुभयो। यस्ता धार्मिक क्रियाकलापले भावि पिढिहरूलाई समेत कुलतबाट टाढा राख्न मद्दत पुग्ने तथा समाजमा जिम्मेवार नागरिक का लागि प्रेरणादायी हुने बताए ।  ...