पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सम्पन्न


कञ्चनपुर/मङ्सिर १७
 पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताएका छन् ।
निर्माण कम्पनी आशिष-रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिइन् ।
भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताए । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण गरिएको भवनमा विभिन्न शाखाका लागि ठाउँको अभाव थियो ।
यस अघि मन्त्री साउँदले शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका थिए । शुक्लाफाँटाको भवन उद्घाटन गरिएको केही दिनमा उनी पुनर्वास पुगेका छन् ।



Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै