१३ औं रनिङ चाँदिकप २०८० को उपाधीको विजेता बन्यो एपीएफ
-लाल बहादुर एसके
कञ्चनपुर, कार्तिक ५
१३ औं रनिङ चाँदिकप २०८० को उपाधी एपीएफले उचालेको छ । आईतवार पुनर्वास ७ स्थित बुद्ध बस्तीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफ र आयोजक टिम सिद्धार्थ युवा क्लब 'ए' बिच भएको खेलमा एपीएफ टिमले तीनका विरुद्ध चार गोल हानेर विजेता बन्न सफल भएको हो । निर्धारीत समय सिमाभित्र खेल बराबरीमा टुङ्गिएपछि खेल ट्राईबेकरमा गएको थियोे ।
विजेता टिम एपीएफले नगद १७१,१११/- र ट्रफी तथा उपविजेता टिम सिद्धार्थ युवा क्लब 'ए' ले नगद ८६,१११/- र ट्रफी प्राप्त गरेको थियोे ।
प्रतियोगिता अवधिभरको खेल मूल्यांकन गरेर एपीएफका कुबेर सिंहले हाई स्कोरर,एपीएफका टेकेन्द्र थापाले बेस्ट गोलकिपर, एपीएफका टोपबहादुर बिस्टले बेस्ट मिड फिल्डरको उपाधी जित्न सफल भएका थिए । त्यसैगरी सिद्धार्थका भुपेन्द्र शाहीले म्यान अफ द सिरिज, सिद्धार्थका अविनास थापाले राईजिङ्ग स्टार र सिद्धार्थकै विजयसिंह ठकुरीले बेस्ट डिफेन्डरको उपाधी हात पारेका थिए । असोज २० बाट सुरु भएको सो प्रतियोगितामा छब्बीस टिमले सहभागीता जनाएका थिए ।
आज सम्पन्न तेह्रौं चाँदी कप समापन समारोह क्लबका अध्यक्ष बीर बहादुर तामाङको सभापतित्व,सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीको प्रमुख आथित्यमा सम्पन्न भएको थियोे । विशिष्ट अतिथिको आसनमा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा,३५ नम्बर गण झलारीका एसपी प्रेम रावल,
त्यसैगरी अतिथिको आसनमा
बेलौरीका डिएसपी भरत कुँवर,ईलाका प्रहरी कार्यालय, त्रिभुवन बस्तीका ईञ्चार्ज हेमराज भट्ट, पुनर्वास रेडक्रसका सभापति कृष्ण तामाङ्ग लगायतका व्यक्तिहरुको उपस्थिती थियोे ।
कार्यक्रममा उपस्थित अधिकांश अतिथिहरुले आयोजक सिद्धार्थ युवा क्लबको व्यवस्थापन तथा अनुशासनको प्रसंशा गर्दै दशै,दिपावली तथा छ्ठ पर्वको शुभकामना प्रदान गरेका थिए ।
सभापतिको आसनबाट बोल्दै सिद्धार्थ युवा क्लबका अध्यक्ष वीर बहादुर तामाङले आफ्नो दोस्रो कार्यकालमा पनि चाँदी कपको तेस्रो संस्करण संस्करण सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा आफूलाई खुशी लागेको बताउनुभयो । यसभन्दा अघिको कार्यकालमा पनी आफूले चाँदी कपको बाह्रौ संस्करण सफल बनाएको स्मरण गर्दै चाँदी कपको सफलताको लागि दिनरात नभनी खटने र आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
Comments
Post a Comment