भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली प्रस्थान


कञ्चनपुर, ७ मङ्सिर ।
भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेकोछ । नोभेम्बर २५ र २६ तारीखमा भारतको पञ्जाबमा पर्ने नवनशहरमा आयोजना हुन गईरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागीता जनाउन पुनर्वासका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन । सो प्रतियोगितामा नेपाल सहित छ राष्ट्रका खेलाडीहरुले भाग लिने बताईएको छ  ।
आज पुनर्वास नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले खेलाडीहरुलाई टिका, माला र खादा लगाएर विदाई गर्नुभएको थियोे ।
टिममा चौध जना खेलाडी, दुई जना कोच र एकजना टिम म्यानेजर गरि सत्र जना रहेका छ्न ।




Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा