कालिका (लमजुङ कालिका) मन्दिरमा मुर्ति स्थापना

कञ्चनपुर/असोज २८
 पुनर्वास नगरपालिका ६ मा रहेको कालिका लमजुङ कालिका मन्दिरमा मुर्ति स्थापना गरिएको छ । 
हाम्रो गौरव हाम्रो सान धर्म संस्कृति हाम्रो पहिचान मुल नारा सहित श्री कालिका लमजुङ कालिका मन्दिर व्यवस्थापन समितिद्वारा आईतवार प्राण प्रतिष्ठाका साथ मुर्ति स्थापना एंबं १०८ दिप प्रज्वलन र घटस्थापना गरिएको हो । 
मन्दिरमा मुर्ति स्थापनाको उद्घाटन गर्दै पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले धार्मिक स्थलको विकासले समाजलाई सत्मार्गमा डोर्‍याउन मद्दत पुग्ने तथा विकृति विसंगतिदेखि टाढा राख्ने बताउनुभयो । नगर उपप्रमुख भुलिया कुमारी रानाले मन्दिर स्थापना तथा भगवान प्रतिको आस्थाले मानिसलाई सभ्यताको बाटोमा डोर्याउने तथा पुजापाठ तर्फ आकर्षित गर्ने बताउनुभयो । वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाले वडा नम्बर  ६ का स्थानीयले मन्दिरसंगै मुर्ति स्थापना गरेर निकै उदाहरणीय कार्य गरेको बताउनुभयो। यस्ता धार्मिक क्रियाकलापले भावि पिढिहरूलाई समेत कुलतबाट टाढा राख्न मद्दत पुग्ने तथा समाजमा जिम्मेवार नागरिक का लागि प्रेरणादायी हुने बताए । 
मन्दिर व्यवस्थापन संरक्षक खगराज बरालद्वारा गरिएको दस धुर क्षेत्रफलमा कालिका लमजुङ कालिका  मन्दिर निर्माण गरिएको छ भने 
मन्दिरलाई लमजुङ ओख्य प्रेम वस्ति निवासी स्वर्गिय पिताम्वर बराल तथा स्व भागरथि बगलका छोरा बुहारी समाजसेवि  वासुदेव बराल र उहाकी धर्मपत्नि पार्वती बराल बाट  (पचास हजार पाँचसय बराबरको मूर्तिमा घण्ट उपहार स्वरुप प्रदान  गरिएको छ । 
त्यसतै लमजुङ जिल्ला जिता देउराली जन्मी हाल पुनर्वास नगरपालिका वडानं ४ निवासी स्वर्गिय रामकृष्ण पौडेलकी धर्म पनि कृष्ण कुमारी पौडेलले  आफ्नो स्वर्गिय पति रामकृष्ण पौडेल र छोरा स्वर्गिय नरेन्द्र पौडेलको सम्झनामा रु. पच्चिस हजार पाँचसय पच्चिस वरावरमा निर्माण गरी दिप बत्ती  सहयोग गरिएको छ ।कार्यक्रममा पुनर्वासका विभिन्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष , सदस्य समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
मन्दिर सञ्चालक समिति सदस्य  राम प्रसाद सुवेदीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन मन्दिर अध्यक्ष भरत कुमार बस्नेतले गरेका थिए ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै