Posts

Showing posts from October, 2023

१३ औं रनिङ चाँदिकप २०८० को उपाधीको विजेता बन्यो एपीएफ

Image
-लाल बहादुर एसके कञ्चनपुर , कार्तिक ५ १३ औं रनिङ चाँदिकप २०८० को उपाधी एपीएफले उचालेको छ । आईतवार पुनर्वास ७ स्थित बुद्ध बस्तीको खेल मैदानमा सम्पन्न  फाइनल खेलमा एपीएफ र आयोजक टिम सिद्धार्थ युवा क्लब 'ए' बिच भएको खेलमा एपीएफ टिमले तीनका विरुद्ध चार गोल हानेर विजेता बन्न सफल भएको हो । निर्धारीत समय सिमाभित्र  खेल बराबरीमा टुङ्गिएपछि खेल ट्राईबेकरमा गएको थियोे । विजेता टिम एपीएफले नगद  १७१,१११/- र ट्रफी तथा उपविजेता टिम सिद्धार्थ युवा क्लब 'ए' ले नगद ८६,१११/- र ट्रफी प्राप्त गरेको थियोे । प्रतियोगिता अवधिभरको खेल मूल्यांकन गरेर एपीएफका कुबेर सिंहले हाई स्कोरर,एपीएफका टेकेन्द्र थापाले बेस्ट गोलकिपर, एपीएफका टोपबहादुर बिस्टले बेस्ट मिड फिल्डरको उपाधी जित्न सफल भएका थिए । त्यसैगरी सिद्धार्थका भुपेन्द्र शाहीले म्यान अफ द सिरिज, सिद्धार्थका अविनास थापाले राईजिङ्ग स्टार र सिद्धार्थकै विजयसिंह ठकुरीले बेस्ट डिफेन्डरको उपाधी हात पारेका थिए । असोज २० बाट सुरु भएको सो प्रतियोगितामा छब्बीस टिमले सहभागीता जनाएका थिए । आज सम्पन्न तेह्रौं

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी सम्मानित

Image
कञ्चनपुर , ३० असोज । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी सम्मानित भएका छ्न । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा भएको कार्यक्रममा नगरप्रमुख चौधरी सम्मानित भएका हुन । सुदूरपश्चिम प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाहले नगरप्रमुख चौधरीलाई सम्मान गरेका हुन । नगर प्रमुख चौधरीका स्वकीय सचिव जयबहादुर  कुँवरका अनुसार बेलाैरी नगरपालिकाले लागूऔषध महाअभियान २०८० कार्यक्रम अन्तर्गत बेलाैरी प्रहरीलाई लापसे चेकजाँच मेसिन र त्यसमा प्रयाेग हुने किट  सहयोग गरेकाले उक्त कार्यकाे उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हाे । साथै नगरप्रमुख पाेतीलाल चाैधरीले बेलाैरी नगरपालिका वडानम्बर २ मा प्रहरी कार्यालय भवन निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले ६८औं प्रहरी दिवसमा उनलाई सम्मान गरिएको उनकाे भनाइ छ । दुईपटक बेलाैरी नगरपालिकाकाे मेयर पदमा निर्वाचित चाैधरी जनता माझ मात्र नभइ प्रहरी संगठनमा पनि उत्तिकै लाेकप्रिय छन् । कार्यक्रममा सुदूरपश्चिमका ८८ वटा पालिका मध्ये तीन पालिका प्रमुखलाई सम्मान गरिएको थियोे । जसमा बेलाैरी

सुदूरपश्चिमको बहुप्रतिक्षित गेटा अस्पताल भोलिबाट सञ्चालन हुने

Image
कैलाली /३० असोज सुदूरपश्चिमको बहुप्रतिक्षित गेटा अस्पताल भोलिबाट सञ्चालन हुने भएको छ । एक सय बेड क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पुरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउने भएको हो। यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्द

बेलौरीमा चट्याङ लागी आमा-छोरी घाइते

Image
कञ्चनपुर /२९ असोज । बेलौरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज बेलौरी नगरपालिका -२ टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएका हुन । दुबैको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा दुबै आमा, छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद बजगाइले बताए । घाइते दुबैलाई पहिले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहा उपचार सम्भव नभए पछि उनलाई थप उपचारका लागी धनगढी लगिएको हो ।

कालिका (लमजुङ कालिका) मन्दिरमा मुर्ति स्थापना

Image
कञ्चनपुर /असोज २८  पुनर्वास नगरपालिका ६ मा रहेको कालिका लमजुङ कालिका मन्दिरमा मुर्ति स्थापना गरिएको छ ।  हाम्रो गौरव हाम्रो सान धर्म संस्कृति हाम्रो पहिचान मुल नारा सहित श्री कालिका लमजुङ कालिका मन्दिर व्यवस्थापन समितिद्वारा आईतवार प्राण प्रतिष्ठाका साथ मुर्ति स्थापना एंबं १०८ दिप प्रज्वलन र घटस्थापना गरिएको हो ।  मन्दिरमा मुर्ति स्थापनाको उद्घाटन गर्दै पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले धार्मिक स्थलको विकासले समाजलाई सत्मार्गमा डोर्‍याउन मद्दत पुग्ने तथा विकृति विसंगतिदेखि टाढा राख्ने बताउनुभयो । नगर उपप्रमुख भुलिया कुमारी रानाले मन्दिर स्थापना तथा भगवान प्रतिको आस्थाले मानिसलाई सभ्यताको बाटोमा डोर्याउने तथा पुजापाठ तर्फ आकर्षित गर्ने बताउनुभयो । वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामाले वडा नम्बर  ६ का स्थानीयले मन्दिरसंगै मुर्ति स्थापना गरेर निकै उदाहरणीय कार्य गरेको बताउनुभयो। यस्ता धार्मिक क्रियाकलापले भावि पिढिहरूलाई समेत कुलतबाट टाढा राख्न मद्दत पुग्ने तथा समाजमा जिम्मेवार नागरिक का लागि प्रेरणादायी हुने बताए ।  मन्दिर व्यवस्थापन स

पेट्रोल, डिजेल र मट्टीतेल मूल्य घट्यो, एलपी ग्यासको यथावत

Image
काठमाडौ / असोज २८ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ।   सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।   निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ १८ पैसा र डिजेलमा पाँच रूपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।   निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।   निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्र

आठौँ लालझाडी कप फुटबल प्रतियोगिता कात्तिक १५ बाट हुने

Image
-लाल बहादुर एस के कञ्चनपुर/ असोज२८ कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट सुरु हुने भएको छ । पुनर्वास १० स्थित क्लबको खेलमैदानमा सो प्रतियोगिताको सञ्चालन हुने आयोजकले जनाएको छ । आइतबार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कात्तिक २५ गतेसम्म सञ्चालन हुने  मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतबार ट्रफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए । उनका अनुसार उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन् ।  यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिनेछ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १०

लागु औषध शून्यमा झार्न बेलौरीमा लागु औषध विरुद्धको महाअभियान शुरु

Image
-लाल बहादुर एस.के.  कञ्चनपुर /२६ असोज सीमावर्ती सुदूरपश्चिम कञ्चनपुरको बेलौरीमा लागु औषध विरुद्धको महाअभियान शुरु भएको छ ।  शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागु औषध विरुद्धको महाअभियान शुरु गरेको हो ।  भारतसग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरुमा लागुऔषध ओसारपसार, कारोबार एव सेवनका घटना बढ्दै गएपछी बेलौरी स्थानीय सरकारले लागु औषध विरुद्धको अभियान शुरु गरेको छ ।  लागु औषध विरुद्धको महाअभियान उद्घाटन समारोहको अध्यक्षतामा  ग्रहण गरेका बेलौरी नगरका मेयर पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागु औषध नियन्त्रणका लागि अभियान थालिएको बताए । मेयर चौधरीले भारतसंग प्रत्यक्ष सीमा जोडिएको बेलौरीमा लागु औषधका कुनैपनि कारोबार सेवन एवम ओसारपसार नियन्त्रणका लागि अभियान थालिएको बताए । ‘आजदेखि हामीले अभियान शुरु गरेका छौँ, ‘मेयर चौधरीले भने, ‘बेलौरीका १० वटै वडा र सबै बस्तीहरुमा सरोकारवालासंग समन्वय गरेर थप बस्ती स्तरमा सचेतनामुलक कार्यक्रम गछौँ ।’  हालसालकै बर्षहरुमा बेलौरीका ९१जना स्थानीय युवा लागु औषधको मुद्दा खेपिरहेको र बेलौरी क्षेत्रको भूगोलबाट झण्डै २सय जना पक्राउ

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी सर्वसम्मत, को हुन् जैसी?

Image
  धनगढी / नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कैलालीकी भागरथी विष्ट चयन भएकी छन्। ​कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव पदका उम्मेदवार राजेश खाती, जीवन बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत चयन भएका हुन्।  उपसचिव खुल्लामा कञ्चनपुरका नरबहादुर बिक पनि सर्वसम्मत भएका छन्।  यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका छन्। को हुन् जैसी ? कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित थिए नै, २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि, उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो। शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ ने

पुनर्वास हत्याकाण्ड: फरुवा प्रहार गरी छोराद्वारा बुवाको हत्या

Image
कञ्चनपुर , २१ असोज । पुनर्वासमा एक युवाले फरुवा प्रहार गरि आफ्नै बुवाको हत्या गरेका छन्। आज आईतबार बिहान ८ बजेतिर पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तिका ४६ बर्षिय बुवा जसबीर सिंह धामीलाई आफ्नै छोरा १८ वर्षिय हेमन्त धामीले फरुवा प्रहार गरि हत्या गरेको बुझिएको छ । स्थानीयका अनुसार घरायसी वादविवादले घटना घटेको बुझिएपनि घटनाको कारण भने खुल्न सकेको छैन। हत्या गर्ने छोरोलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पुनर्वासमा भागेश्वर चिनी मिल, पीडित किसान र नगरपालिका बिच ३ बुँदे सहमति

Image
  केमिकलका कारण क्षती भएको प्रमाणित भए चिनी मिल क्षतिपूर्ति दिन तयार  कञ्चनपुर , २० असोज । पुनर्वासमा भागेश्वर चिनी मिल, पीडित किसान र नगरपालिका बिच सनिवार आयोजित भेलामा भएको  छ्लफल पश्चात्  ३ बुँदे सहमति भएको छ ।  भागेश्वर चिनी मिलका प्रतिनिधि, पीडित किसानका प्रतिनिधि तथा पुनर्वास नगरपालिका बिच भएको त्रिपक्षिय सम्झौतामा सो सहमति भएको हो । पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माको संयोजकत्वमा भेलाको आयोजना गरिएको थियोे । जसअनुसार कृषकहरुको धान र उखु खेति नष्ट भएको विवरण अनुसारको क्षतिपूर्ति किसानहरूलाई उपलब्ध गराउने सम्बन्धमा भागेश्वर सुगर मिल एण्ड केमिकल प्रा.ली.ले बगाएको केमिकलको कारणले बाली नष्ट भएको प्रमाणित भएमा सम्पूर्ण क्षतिपूर्ति  सुगरमिलले उपलब्ध गराउनु पर्ने, भागेश्वर सुगर एण्ड केमिकल्स प्रा.ली. ले बगाएको केमिकलको कारण नभइ प्राकृतिक तवरले क्षति भएको पुष्टि भएमा नेपाल सरकारबाट कृषकहरुको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन स्थानिय सरकार लागी पर्ने र  क्षतिको वास्तविक कारण पत्ता लगाउनका लागी विज्ञसहितको अनुसन्धान टोली गठन गरि सत्यतथ्य छानविन गर्न जिल्ला

पुनर्वासमा भागेश्वर चिनी मिलको केमिकलले बाली नष्ट गरेको भन्दै किसान आन्दोलित

Image
  कञ्चनपुर /१८ असोज। पुनर्वासमा भागेश्वर चिनी मिलको केमिकलले धान र उखु खेती नष्ट गरेको भन्दै पीडित किसान आन्दोलित भएका छ्न । किसानहरूले पुनर्वास २ स्थित भागेश्वार चिनी मिलले बगाएको विषालु केमिकलकै कारण उखु र धान खेती नष्ट भएको भन्दै उचित छानबिन र क्षतिपूर्तिको माग गरेका छ्न ।  पीडित किसानहरूले आफ्नो मागको उचित सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न । आजको  आन्दोलनमा किसानहरूले पुनर्वास नगरपालिकामा तालाबन्दि गर्दै  पालिकाको मुल गेटमा शान्तिपूर्ण धर्ना समेत सुरु गरेका छन् ।  आफुहरुले बारम्बार भागेश्वर चिनी मिलबाट निस्कने विषालु केमिकलको उचित व्यवस्थापन गर्न, केमिकलकै कारण भएको क्षतिको मूल्यांकन गरि क्षतिपूर्ति दिन र भविष्यमा यसप्रकारको समस्या आउन नदिन प्राविधिक उपायहरू अपनाउन माग गरेपनि आफुहरुको मागमा चिनी मिल र नगरपालिकाले कुनै चासो नदिएको पीडित किसानहरूको गुनासो छ ।   

पुनर्वासमा केमिकलका कारण धान र उखु बालीमा क्षति नभएको भागेश्वर मिलको दावी

Image
कञ्चनपुर , १९ असोज । औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पुर्‍याएको भन्दै कञ्चनपुर पुनर्वासका किसानले क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेपछि पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले आज पत्रकार सम्मेलन गर्दै मिलका कारण धान र उखु बालीमा क्षति नभएको जिकिर गरेको छ । गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका वडा नं.–२, ५, ७ र ९ मा धान र उखु नष्ट भए पछि किसानहरुले मिलका कारण नोक्सान भएको संका गरेका थिए । किसानको संका निवारणका लागि किसानको खेतमा जम्मा भएको पानी र मिलबाट निस्किने पानीको परिक्षण गरिएको थियो । बाढी आएका बेलो मिलबाट बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पुर्याएको किसानले दाबी गरेका थिए तर मिलबाट बगेको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति गर्न नसक्ने रिपोर्टले देखाएको मिलले जिकिर गरेको छ । मिलले बाढीका बेला आउने लेदो बालिमा टासिएर बालिलाई नोक्सान पुर्याएको बताएको छ । उनले यस्तै समस्या कैलालीको भजनिमा समेत देखा परेको बताउदै त्यहाँ मिल

पुनर्वासको कोटेश्वर महादेव मन्दिरले रामलिला महोत्सव तथा देउडा कार्यक्रमको आयोजना गर्ने

Image
-लाल ब.एसके कञ्चनपुर १८ असोज । पुनर्वास ८ स्थित कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलेले रामलिला महोत्सव तथा साँस्कृतिक देउडा कार्यक्रमको को आयोजना गर्ने भएको छ ।  यहि असोज २८ गते घटस्थापनाको दिनदेखि   रामलिला महोत्सव तथा साँस्कृतिक देउडा कार्यक्रमको धुमधाम संग आयोजना हुन लागेकोकोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर कार्कीले हाम्रै साझा पत्रिकालाई बताए ।   अनन्तश्री विभूषित श्रीस्वामी गोविन्दाचार्य गोविन्द दाहाल ज्यूको पहलमा वि.स. २०७२ देखी प्रत्येक साल सोही स्थानमा रामलिला महोत्सव हुँदै आइरहेको छ।  यस अघि आश्विन नवरात्रीमा स्थानीय यूवा विक्रम रावलको अध्यक्षतामा श्रीरामलीला मण्डलीको आयोजना ९ दिवसीय श्रीरामलीला महोत्सव समितिको आयोजना गरिएको थियोे । सो कार्यक्रम समापन पश्चात समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पुनः एकपटक खेलबैला भई धर्मप्रेमी युवा राजेन्द्र भट्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भई पुनः एकपटक जुर्मुराएको थियो । तत्पश्चात वडा, नगर, जिल्ला प्रशासन कार्यालय हुँदै विभिन्न निकायहरुमा उक्त जमिन छुट्याई माग्न पहल गर्दै पट

पुनर्वासको ८ नम्बर वडा कार्यालयद्वारा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित

Image
-लाल बहादुर एस.के. कञ्चनपुर /असोज १८ पुनर्वासको ८ नम्बर वडाकार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरीदिएको छ । भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो । भारतको मदुराई गाँउका नागर्जुन किटप्पा र बिमला किटप्पाका छोरा बालमुर्गन किटप्पा नेपालमै जन्मिएको प्रमाणित गरिदिएपछि वडा कार्यालय विवादमा परेको छ । ४४ बर्षिया भारतीय नागरिक किटप्पालाई वडाले गत बर्ष नेपालमै जन्मिएको प्रमाणित गरेर गैर कानुनी काम गरेको छ । जबकी किटप्पा भारतमै जन्मिएको र भारतीय नागरिक हुन । वडाध्यक्ष राना श्रवणले १९ फागुन ०७९ अर्थात ३ मार्च ०७९मा नेपालमै जन्मिएको प्रमाणित गरिदिएको तथ्य बाहिरिएको छ । किटप्पा सन १९८० अप्रेल ३ अर्थात चैत्र २६ २०३६ भारतमै जन्मिएका थिए । भारतीय नागरिक बालमुर्गन किटप्पाको आयकर विभागको परिचय पत्रमा समेत ३ मार्च १९८०मा जन्ममिति राखिएको छ । भारतीय नागरिकलाई नागरिकता दिलाउन जन्ममिति प्रमाणित गरिदिएपछि स्थानीयले वडाध्यक्षका गतिविधी शंकास्पद भएको भन्दै छानबिनको माग अघि सारेका छन । यसरी भारतीय नागरिकलाई नेपालमा