पुनर्वासको कोटेश्वर महादेव मन्दिरले रामलिला महोत्सव तथा देउडा कार्यक्रमको आयोजना गर्ने
-लाल ब.एसके
कञ्चनपुर १८ असोज ।
पुनर्वास ८ स्थित कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलेले रामलिला महोत्सव तथा साँस्कृतिक देउडा कार्यक्रमको को आयोजना गर्ने भएको छ ।
यहि असोज २८ गते घटस्थापनाको दिनदेखि रामलिला महोत्सव तथा साँस्कृतिक देउडा कार्यक्रमको धुमधाम संग आयोजना हुन लागेकोकोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर कार्कीले हाम्रै साझा पत्रिकालाई बताए ।
अनन्तश्री विभूषित श्रीस्वामी गोविन्दाचार्य गोविन्द दाहाल ज्यूको पहलमा वि.स. २०७२ देखी प्रत्येक साल सोही स्थानमा रामलिला महोत्सव हुँदै आइरहेको छ।
यस अघि आश्विन नवरात्रीमा स्थानीय यूवा विक्रम रावलको अध्यक्षतामा श्रीरामलीला मण्डलीको आयोजना ९ दिवसीय श्रीरामलीला महोत्सव समितिको आयोजना गरिएको थियोे । सो कार्यक्रम समापन पश्चात समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पुनः एकपटक खेलबैला भई धर्मप्रेमी युवा राजेन्द्र भट्टको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भई पुनः एकपटक जुर्मुराएको थियो ।
तत्पश्चात वडा, नगर, जिल्ला प्रशासन कार्यालय हुँदै विभिन्न निकायहरुमा उक्त जमिन छुट्याई माग्न पहल गर्दै पटक-पटक ज्ञापन पत्रहरु बुझाईएपनि कुनै पनि सरोकारवाला पक्षहरुको समुचित ध्यानदृष्टि भने पुग्न सकेको थिएन्। लगातारको पहलकदमीमा थप एक प्रयास गरी रामलिला महोत्सव हुन लागेको हो। कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर कार्कीका साथै समितिका सचिव परी रावल लगायतले संयुक्त रूपमा महोत्सवको तयारी स्वरुप बिहीबार पुनर्वास नगरपालिका, उपप्रमुख भुलिया रानालाई प्रस्तावना पेश गरेका छन् ।
Comments
Post a Comment