पुनर्वासमा केमिकलका कारण धान र उखु बालीमा क्षति नभएको भागेश्वर मिलको दावी


कञ्चनपुर, १९ असोज ।
औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पुर्‍याएको भन्दै कञ्चनपुर पुनर्वासका किसानले क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेपछि पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले आज पत्रकार सम्मेलन गर्दै मिलका कारण धान र उखु बालीमा क्षति नभएको जिकिर गरेको छ ।
गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका वडा नं.–२, ५, ७ र ९ मा धान र उखु नष्ट भए पछि किसानहरुले मिलका कारण नोक्सान भएको संका गरेका थिए । किसानको संका निवारणका लागि किसानको खेतमा जम्मा भएको पानी र मिलबाट निस्किने पानीको परिक्षण गरिएको थियो ।
बाढी आएका बेलो मिलबाट बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पुर्याएको किसानले दाबी गरेका थिए तर मिलबाट बगेको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति गर्न नसक्ने रिपोर्टले देखाएको मिलले जिकिर गरेको छ । मिलले बाढीका बेला आउने लेदो बालिमा टासिएर बालिलाई नोक्सान पुर्याएको बताएको छ । उनले यस्तै समस्या कैलालीको भजनिमा समेत देखा परेको बताउदै त्यहाँ मिल छैन कहाँबाट केमिकल आयो भन्दै सवाल गरेका थिए । बाढी संगै आउने लेदोले बालीको वृद्धिविकासमा समस्या ल्याउने हुनाले बाली मर्ने बताएका थिए ।
बाढी आएपछि पुनर्वासमा २४२ बिघामा लगाइएको धान र ११० बिघामा लगाइएको उखु बारीमा क्षति भएको छ । क्षतिपुर्तीको माग गर्दै किसानहरुले आन्दोलन थालेका छन् । आज पनि किसानले नगरपालिका घेराउ गरेका थिए ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा