पुनर्वासमा भागेश्वर चिनी मिल, पीडित किसान र नगरपालिका बिच ३ बुँदे सहमति


 केमिकलका कारण क्षती भएको प्रमाणित भए चिनी मिल क्षतिपूर्ति दिन तयार 
कञ्चनपुर, २० असोज ।
पुनर्वासमा भागेश्वर चिनी मिल, पीडित किसान र नगरपालिका बिच सनिवार आयोजित भेलामा भएको  छ्लफल पश्चात्  ३ बुँदे सहमति भएको छ ।
 भागेश्वर चिनी मिलका प्रतिनिधि, पीडित किसानका प्रतिनिधि तथा पुनर्वास नगरपालिका बिच भएको त्रिपक्षिय सम्झौतामा सो सहमति भएको हो । पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माको संयोजकत्वमा भेलाको आयोजना गरिएको थियोे ।
जसअनुसार कृषकहरुको धान र उखु खेति नष्ट भएको विवरण अनुसारको क्षतिपूर्ति किसानहरूलाई उपलब्ध गराउने सम्बन्धमा भागेश्वर सुगर मिल एण्ड केमिकल प्रा.ली.ले बगाएको केमिकलको कारणले बाली नष्ट भएको प्रमाणित भएमा सम्पूर्ण क्षतिपूर्ति  सुगरमिलले उपलब्ध गराउनु पर्ने, भागेश्वर सुगर एण्ड केमिकल्स प्रा.ली. ले बगाएको केमिकलको कारण नभइ प्राकृतिक तवरले क्षति भएको पुष्टि भएमा नेपाल सरकारबाट कृषकहरुको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन स्थानिय सरकार लागी पर्ने र  क्षतिको वास्तविक कारण पत्ता लगाउनका लागी विज्ञसहितको अनुसन्धान टोली गठन गरि
सत्यतथ्य छानविन गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघीय सरकार समक्ष अनुरोध गर्ने  र
सुगर मिल ले आगामी सिजनमा उद्योग संचालन गर्नुपूर्व चिम्नीबाट हुने फोहर र लेदोजन्य फोहर प्रशोधन केन्द्र स्थापना (जडान)गरी  प्रदुषणरहित बनाएर मात्र बाहिर फाल्नु पर्ने, यदि प्रशोधन केन्द्र जडान (स्थापना) नगरेमा उद्योग नविकरणका लागी स्थानिय तहबाट गरिने सिफारिस रोक्का गर्ने लगायतका तीन बुँदामा सहमति भएको छ ।  
गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएपछि पुनर्वास नगरपालिका वडानम्बर २,५, ७ र ९ मा २४२ बिघामा लगाइएको धान र ११० बिघामा लगाइएको उखु खेती नष्ट भएको थियो ।  पुनर्वास २ मा रहेको भागेश्वर चिनी मिलले बगाएको केमिकलकै कारण आफ्नो बाली नष्ट भएको भन्दै किसानहरु आन्दोलित छ्न र उनीहरू क्षतिपूर्तिको माग गरीरहेका छ्न । तर भागेश्वर चिनी मिलका सञ्चालकहरु भने चिनी मिलबाट बगाएको केमिकलको कारण बालीनाली नष्ट हुने कुरा अस्विकार गरीरहेका छ्न । भेलामा उपस्थित व्यक्तिहरुले चिनी मिलको लापरबाहीका कारण समस्या आएको हुनाले  किसानहरुले क्षतिपूर्ति पाउनुपर्ने कुरामा जोड दिएका थिए । 



Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै