पुनर्वासमा भागेश्वर चिनी मिलको केमिकलले बाली नष्ट गरेको भन्दै किसान आन्दोलित

 कञ्चनपुर/१८ असोज।
पुनर्वासमा भागेश्वर चिनी मिलको केमिकलले धान र उखु खेती नष्ट गरेको भन्दै पीडित किसान आन्दोलित भएका छ्न । किसानहरूले पुनर्वास २ स्थित भागेश्वार चिनी मिलले बगाएको विषालु केमिकलकै कारण उखु र धान खेती नष्ट भएको भन्दै उचित छानबिन र क्षतिपूर्तिको माग गरेका छ्न । 
पीडित किसानहरूले आफ्नो मागको उचित सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न । आजको  आन्दोलनमा किसानहरूले पुनर्वास नगरपालिकामा तालाबन्दि गर्दै  पालिकाको मुल गेटमा शान्तिपूर्ण धर्ना समेत सुरु गरेका छन् ।
 आफुहरुले बारम्बार भागेश्वर चिनी मिलबाट निस्कने विषालु केमिकलको उचित व्यवस्थापन गर्न, केमिकलकै कारण भएको क्षतिको मूल्यांकन गरि क्षतिपूर्ति दिन र भविष्यमा यसप्रकारको समस्या आउन नदिन प्राविधिक उपायहरू अपनाउन माग गरेपनि आफुहरुको मागमा चिनी मिल र नगरपालिकाले कुनै चासो नदिएको पीडित किसानहरूको गुनासो छ । 


 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा