कार्तिक १५,बैतडी - बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए । बैतडीमा चालु आवमा शंकरपुर स्वास्थ्य चौकी, डिलाशैनी स्वास्थ्य चौकी, विजयपुर स्वास्थ्य चौकी, दशरथचन्द स्वास्थ्य चौकी, वसन्तपुर स्वास्थ्य चौकी, थालाकाँडा स्वास्थ्य चौकी, जोशीबुंगा स्वास्थ्य चौकी, न्वादेउ स्वास्थ्य चौकी, देहीमाण्डौं स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् । यसैगरी, न्वाली स्वास्थ्य चौकी, हाडाकोट स्वास्थ्य चौकी, उदयदेव स्वास्थ्य चौकी, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, हटैराज स्वास्थ्य चौकी र जिल्ला अस्पतालको स्टाफ क्वाटरको नयाँ भवन बन्नेछन् । गत आवमा बैतडीमा १२ वटा स्वास्थ्य चौकीका भवन निर्माण कार्य शुरु गरिएका थिए । योसँगै बैतडीमा रहेका ६८...